काठमाडौं । संसारमा अहिले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) हुनु एउटा निकै ठूलो समस्या भएको छ । हामी पर्यावरणलाई जोगाउने कुरा त धेरै गर्छौं नै तर वास्तवमा हामी यसप्रति सचेत छैनौँ । वातावरणलाई संरक्षण गर्न तथा यो धर्तीलाई अझै सुन्दर अनि बस्न योग्य बनाउनका लागि हामी जागरुक हुनु अति आवश्यक छ ।
यदि यो विश्वलाई हामीले आफ्नै घर ठान्ने हो भने जसरी हामी आफ्नो घरलाई सफासुग्घर गरेर राख्छौँ । हरेक चीजलाई जोगाएर राख्छौँ । नयाँ–नयाँ रङ लगाउँछौँ । घरलाई सजाउँछौँ जसले गर्दा घर राम्रो देखियोस् । त्यसरी नै हामीले यो सम्पूर्ण संसारलाई पनि आफ्नो घरका रूपमा बुन थालेपछि यो विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को समस्या पनि समाप्त हुनेछ । यो सिङ्गो पृथ्वी नै हाम्रो घर हो तर हामी आफ्नै घर भत्काउनमा उद्यत भइरहेका छौँ । परिणामतः सबैमा यसको प्रभाव पर्छ । तथापि, जुन दिन हामी यो संसारलाई, यो पृथ्वीलाई अपनाउँछौँ– ‘यो मेरो पृथ्वी हो’ त्यस दिन हामी यो पृथ्वीमा हानी पुर्याउने कार्यबाट पछि हट्छौँ ।
आज विज्ञान र प्रविधिको होडबाजी छ । हामी उन्नति गरिरहेका छौँ, अघि बढिरहेका छौँ, तथापि योसँगसँगै आफैँबाट टाढा पनि गइरहेका छौँ । विनाशकारी हतियार बनाउनका लागि पनि प्रविधिको प्रयोग हुन सक्छ अनि मानिसको कल्याणका लागि पनि । तथापि, हामी कसरी प्राविधिक प्रगतिलाई मानवता र शान्तिका लागि उपयोग गर्न सक्छौँ त १ जसरी यदि हामीलाई कुनै चीज आवश्यक छैन भन्ने लाग्यो भने हामी त्यसतर्फ ध्यान दिँदैनौँ । त्यसै गरी के यो संसारमा शान्ति हुनुपर्छ भन्ने आवश्यकतालाई बोध गर्छौं त १ के यसले हाम्रा लागि पनि कुनै महत्त्व राख्छ या राख्दैन १ यदि केवल कुरा मान–सम्मानको हो भने मानिसका लागि कुनै सीमा नै हुँदैन । यदि मानिसले मेरो पनि कुनै जिम्मेवारी छ भनेर बुझ्न थाले भने त्यो प्रविधिको प्रयोग मानिसहरूको भलाइ होओस् भन्ने उद्देश्यले मात्रै हुन थाल्नेछ । यसर्थ दुवै खाले कुरा छन् ।
उदाहरणका लागि यदि एकजना क्याप्टेनले उनका जहाजका यात्रुहरूको रक्षा गर्नु उनको जिम्मेवारी हो भन्ने कुरा बोध गरे भने ती यात्रुको रक्षा गर्नतिर उनको ध्यान जानेछ । यदि उनले यो जिम्मेवारी बोध गरेनन् भने त्यही जहाजलाई पहाडतिर ठोक्काउन पनि सक्छन् । अतः यो कुरा मानिसमा निर्भर रहन्छ । कुनै पनि प्रविधि हामीकहाँ आएपछि हामीले त्यसको सदुपयोग गर्नेछौँ या यसको दुरुपयोग गर्नेछैनौँ भन्ने कुरा हाम्रो सोचमा आधारित हुन्छ । यसको सदुपयोग या दुरुपयोग, यी दुवै कुरा मानिसको बुझाइमा निर्भर गर्दछ ।
वर्तमान समयमा हामी सबै मोबाइल फोन र सामाजिक सञ्जालमा अभ्यस्त भएका छौँ । हाम्रो धेरैभन्दा धेरै समय यसैमा खर्च हुन्छ । हामी सबै यो लत (बानी) बाट बच्न चाहन्छौँ तर कसरी बच्ने १ किनभने, एउटा लत सामाजिक रूपमा स्वीकार्य हुन्छ भने अर्को लत सामाजिक रूपमा स्वीकार्य नहुने पनि हुन्छ । जुन कुरा सामाजिक रूपमा अङ्गीकार गर्न योग्य हुँदैन त्यसका लागि हामी सबैथोक गर्न तयार हुन्छौँ । जुन सामाजिक रूपमा स्वीकार्य हुन्छ त्यसलाई कुनै वास्ता गरिरहेका हुँदैनौँ । तथापि, मानिसहरूले के कुरालाई भुल्छन् भने दुवै लत नै हुन् । दुवै लत मानिसका लागि खराब हो ।
यो समाजमा, यो बाहिरको संसारमा सबै कुरा सन्तुलित हुनुपर्छ । प्रविधिको प्रयोग पनि सन्तुलित ढङ्गले गर्नुपर्छ । खाना पनि चाहिँदो मात्रामा मात्रै खानुपर्छ । शारीरिक व्यायाम पनि सन्तुलित हुनुपर्छ । हरेक कुरा सन्तुलित हुनुपर्छ । हामीले तिनलाई बुझेर अपनाऔँ । सबैभन्दा राम्रो कुरा त त्यही नै हुनेछ । अर्थात् तनावमा होइन ।
यो सामाजिक स्वीकारोक्तिको रोग हो । हरेक मानिस समाजले स्वीकार गरोस् भन्ने चाहन्छ । मानिसले त उसका साथी होऊन् अनि सबैले उसलाई स्वीकार गरून् भन्ने चाहन्छ तर किन १ किनभने, उसले आफूले आफूलाई चिन्दैन । त्यसकारण ऊ के चाहन्छ भने अरू मानिसले उसलाई चिनून् । अरू मानिसहरूले त्यसमा जस्तो प्रतिक्रिया जनाउनेछन्, त्यसैका आधारमा उसले आफूले आफूलाई चिन्नेछ । तथापि, यसरी उसले आफूले आफूलाई चिन्न सक्नेछैन ।
सामाजिक स्वीकारोक्ति त मानिसलाई पहिलादेखि नै चाहिएको थियो । यो नयाँ कुरा होइन । सामाजिक स्वीकारोक्ति तिनैलाई चाहिन्छ जसले आफूले आफूलाई चिन्दैनन् । आफूले आफूलाई बुझेपछि मानिसहरू अरूतिर मोडिँदैनन् । अनि, प्रविधिका माध्यमबाट मानिसहरूले जानकारी प्राप्त गर्न सक्छन् र आफ्नो लक्ष्यसम्म पुग्न पनि सक्छन् । यसर्थ आफूले आफूलाई नै चिन्नु आवश्यक छ ।
तपाईँको वास्तविक स्वरूप के हो रु तपाईं को हुनुहुन्छ रु आजसम्म त तपाईंले आफ्नो नाता सम्बन्धका बारेमा सोचिरहनु भएको थियो– “म कसैको छोरा हुँ, म कसैको काका हुँ ।” यही कुराहरूलाई नै बुझ्यौँ । तर, वास्तविक नाता के हो र? त्यो कुन चीज हो जसको उपस्थितिमा सबैथोक हुन्छ र नहुँदा केही पनि रहँदैन । हामी बाहिरतिरको चीजलाई मात्रै चिन्ने कोसिस गर्दछौँ । तर, हामीभित्र रहेको जुन चीज छ, के हामीले त्यसलाई पनि चिन्ने कोसिस गर्यौँ– ‘मेरो वास्तविक स्वरूप के हो रु’ हामीले हाम्रो वास्तविक स्वरूप के हो भनेर थाहा पाएपछि हाम्रा धेरै भ्रमहरू हट्नेछन् ।
हामीले आफ्नो जीवनमा त्यो सन्तुलनलाई कायम गर्नुपर्छ जुन अत्यावश्यक छ । यसको अर्थ जीवनमा शान्ति र आनन्दलाई अपनाउनु पर्छ । तर, जुन चीजका लागि हामी बाँच्छौँ– त्यो हो हाम्रा इच्छाहरू, जुन कहिल्यै पनि पूरा हुँदैनन् । हरेक मानिस आफ्नो चाहनालाई पूरा गरेर धनी बन्न चाहन्छ । यदि हामी साँच्चै नै जीवनलाई सन्तुलित बनाउन चाहन्छौँ भने हामी हृदयबाट नै धनी बन्नु पर्दछ । हामी हृदयबाटै दरिद्र भयौँ भने हामीसँग जतिसुकै पैसा भए पनि, हामी गरिबको गरिब नै हुन्छौँ । हामीले आफ्नो जीवनको वास्तविक उद्देश्यलाई बुझ्नुपर्छ । यसका लागि सबैभन्दा पहिला मानवता हुनु आवश्यक छ ।
यद्यपि सबैभन्दा ठूलो मानवतालाई पहिला हामी आफैँले आफ्ना लागि अपनाउनु पर्छ । के कुुरा बुझ्नु आवश्यक छ भने सबैभन्दा पहिला हामी आफैँसँग खुशी छौँ कि छैनौँ र किनभने, यदि हामी आफू नै खुशी भएनौँ भने त अरू कसैलाई पनि खुशी राख्न सक्दैनौँ । हुनसक्छ यसका बारेमा तपाईंले कहिल्यै विचार गर्नुभएको छैन होला तर अब सोच्ने बेला आयो । यदि साँच्चै नै तपाईं सफल हुन चाहनुहुन्छ भने सफलता “अहिले” बाट सुरु हुन्छ । कुरा पछिको होइन, अहिलेको हो ।
त्यो थैलीलाई खोल्नुहोस्, जसमा तपाईंको जीवनको सम्पत्ति छ । तपाईंको जग कत्तिको बलियो छ रु किनभने, जुन जगमा शान्ति छ, त्यही नै तपाईंको शक्ति हो । यदि तपाईंको जग सबल छ भने तपाईं डराउनु आवश्यक छैन । आफ्नो जगलाई बलियो बनाउनुहोस् । फलतः तपाईंलाई सही तरिकाले सफल हुन सक्ने आधार बनोस् । यो तपाईंकै हितको लागि हो । यसले तपाईंलाई नै मद्दत पुग्छ । यसको अर्थ यसका लागि तपाईंले सबै कुरालाई छोड्नुपर्छ भन्ने पनि होइन । बरु महत्त्वपूर्ण कुरा त मानिसको जीवनमा यदि शान्ति प्राप्त भयो भने उसले आफ्नो जीवनलाई सफल पारेर एक सन्तुलित जीवन बिताउन सक्छ ।
