काठमाडौं । झापा र दैलेखमा बलात्कारको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उता दैलेखमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरास गाउँपालिका-५ कुटिभैरी बस्ने २५ वर्षीय तेजबहादुर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङगेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।