काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगले मूल्यवृद्धि गरेको तथा भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताउनुभयो ।
व्यवसायीका माग सम्बोधन नभए महासंघले यही माघ १८ गते काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिने चेतावनी दिएको छ । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्ने चेतावनीसमेत दिनुभएको छ ।
१५ दिने अल्टिमेटमुनिर्माण व्यवसायीका समस्यासम्बोधन गर्न सरकारलाई