fbpx

बैतडीमा शिक्षककाे शंकास्पद मृत्यु,चार जना शिक्षक र सात जना विद्यार्थी नियन्त्रणमा

author

समाचारपाटी

१ year अगाडि

बैतडी । बैतडीको पाटन नगरपालिका- ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धनबहादुर बिष्टको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले अहिले चार जना शिक्षक र सात जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छ।

सोधपुछको काम अन्य शिक्षक तथा विद्यार्थीहरूसँग समेत भइरहेको र अहिले ४ शिक्षक र ७ जना विद्यार्थी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयाे।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर सोधपुछको काम भइरहेको उहाँले बताउनुभयाे। उनीहरूको परिचय अहिले गोप्य राखिएको उहाँले बताउनुभयाे।

पुस १ गते शुक्रबार विद्यालयका एक जना शिक्षकले स्वागत भोज (वेलकम पार्टी)कार्यक्रम राखेका थिए। उक्त भोज कार्यक्रममा बिष्ट समेत सहभागी थिए।

स्वागत भोज अपराह्न सकिएको बुझिएको छ। त्यही भोज कार्यक्रममा सहभागी शिक्षक र छात्रवासमा बस्दै आएका विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयाे।

शनिबार दिउसो शिक्षक बिष्ट कृष्ण माविको छात्रवास नजिकै मृत फेला पर्नुभएकाे थियाे। शिक्षक बिष्ट पनि छात्रवासमा नै बस्दै आउनुभएकाे थियाे।

पोष्टमाटमको रिर्पोट पनि प्रहरीले सार्वजनिक गरेको छैन। मृतकका आफन्तले छाती, मुख तथा नाकमा चोट लागेको दखिएकाले मृत्यु नभई हत्या नै गरिएको दाबी गर्दै आएका छन्।

‘अनुहारभरि चोट छ, दाँत भाँचिएको छ, नाकमा पनि चोट छ, छातीमा समेत चोट छ, यस्तो अवस्थामा शव देखिएकाले यो हत्या नै हो,’ आफन्त लोकन्द्र बिष्टले भन्नुभयाे । ठोस अनुसन्धान अघि नबढेसम्म शव समेत नबुझ्ने अर्का आफन्त हर्क बिष्टले बताउनुभयाे।

source:-annapurnapost


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन