fbpx

फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यलाई तेश्रो स्थान

author

समाचारपाटी

१ year अगाडि

थाईल्याण्डको फुकेटमा जारी तेर्हौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यले आफ्नो तौल समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक प्राप्त गर्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

थाईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूमा ९ जना प्रतिस्पर्धीबाट प्रिजजिङ्ग राउण्ड पार गर्दै २ भारतिय, एक थाई र बहराइनका खेलाडी संगै फाईनलका लागि चयन भएका प्रज्वलले भारत र थाईल्याण्डका खेलाडीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका थिए । यस तौल समूहमा बहराइनका अब्बास माकी अली प्रथम र भारतका योगेश निकाम द्वितीय भएका थिए ।

४४ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले भोली २४ गते प्रतिस्पर्धा गर्ने छिन् । संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा बिश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहेका छन् । यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहेका छन् ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन