fbpx

काठमाडौंको फन पार्कमा अनियमितता गरेको भन्दै, पूर्वमन्त्रीसहित ९ जनालाई दोषी ठहर

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । विशेष अदालतले काठमाडौंको फन पार्कको जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै पूर्वमन्त्रीसहित नौ जनालाई दोषी ठहर गरेको छ ।

समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको जग्गा भाडामा लगाउँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले पूर्व महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपाने र पूर्वश्रम राज्य मन्त्री टेकबहादुर गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हो ।

जग्गा भाडामा लिने गुरुङ कांग्रेस नेता हुन् । गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा मनाङबाट निर्वाचित भएका उनको सांसद पद निलम्बित थियो ।

अदालतले तत्कालीन समाज कल्याण परिषद्का उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीलाल चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरु मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने र फनपार्कका मुख्य सञ्चालक रवीन्द्र गुरुङलाई पनि दोषी ठहर गरेको छ ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले पूर्वमन्त्रीद्वयसहित नौजना भ्रष्टाचारको कसुरमा दोषी देखिएका जानकारी दिनुभयो । उनीहरुमाथि सजाय निर्धारणका लागि आउँदो २५ गते पेसी तोकिएको पनि प्रवक्ता योगीले बताउनुभयो ।

जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरेर सरकारलाई हानि–नोक्सानी पुर्‍याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरी २०७५ साल माघ २१ गते १४ जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । १४ मध्ये पाँचले भने सफाइ पाएका छन् ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर