fbpx

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका ८ जनासँग प्रारम्भिक बयान सकियो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ ।

प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् ।

सचिव पाण्डे, थापाका सुरक्षा सल्लाहकार राई तथा रायमाझीका छोरा सन्दीपसहित ठगी धन्दामा संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुकै बयानका आधारमा प्रहरीले गएको मंगलवार तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेको हो ।

ठगीको घटनामा जोडिएका पूर्वमन्त्री रायमाझी, राईका छोरा निरज र तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक फरार छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आंकलन रहेको छ ।

भुटानी समस्याको समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री थापाले २०७६ सालमा पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गर्नुभएको थियो ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन