fbpx

लागुऔषधसहित ८ जना पक्राउ

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । काठमाडौं, मकवानपुर र सिरहाबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी १ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङगा रातमाटे गाउँपालिका-४ घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय अमर कुमार खत्री र सर्लाही घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया मनसुन पाण्डे रहेका छन् । अस्थायी प्रहरी विट गागलफेदीबाट खटिएको प्रहरीले प्र.३-०२-०१५ प ४४२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।    

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-४ रोयल पार्टी प्यालेस अगाडिबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ लोथर बस्ने १७ वर्षीय र १४ वर्षीय गरी २ जना किशोरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरकै  राक्सिराङ गाउँपालिका-५ बम्कीङबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु ३ केजी ४ सय ६० ग्राम र नगद ५० हजार रूपैयाँसहित मनहरी गाउँपालिका-७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.५३ प ४५३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकलमा सवार दर्जीलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सिरहाकै सिरहा नगरपालिका-७ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६२ ग्राम २१ मिलिग्राम र डिजिटल मेसिनसहित सिरहा नगरपालिका-२० बस्ने १९ वर्षीय सत्यनारायण कारकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको स.१० प ६१७७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन