fbpx

बिटी कपः मालेपाटनविरुद्ध डिफेण्डिङ च्याम्पियन गन्नीको सँघर्षपूर्ण जीत दोस्रो चरणका खेल जारी

author

समाचारपाटी

१ year अगाडि

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा शनिबार दोस्रो चरणका ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा शुक्रबार भएको पहिलो खेलमा भिमकाली क्लबले जि नाइन युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै भिमकाली क्लब प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । भिमकालीको जीतमा नरेश केसी र किशोर बरामले समान १ गोल गरे । यस्तै दोसो खेलमा रामघाट एफसीले भदौरे एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै रामघाट अघिल्लो चरणमा प्रवेश गर्याे ।

रामघाटको जीतमा सविन थापाले २ र अर्जुन मगरले १ गोलको योगदान दिए भने भदौरेको तर्फबाट उत्सव श्रेष्ठले सान्त्वना १ गोल फर्काए । तेस्रो खेलमा तारा एफसीले माछापुच्छ्रेलाई २–० गोल अन्तरले पराजित गर्याे । ताराको जीतमा राम थापा र विश्व थापाले समान १ गोल गरे । यस्तै चौथो खेलमा केआइइसी बुनले बानियाँ ब्रदर्शलाई १–० गोल अन्तरले हरायो । बुनको जीतमा आशिष गुरुबले निर्णायक गोल गरे । पाँचौ खेलमा गन्नी एफसीले मालेपाटन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का गर्याे । डिफेण्डिङ च्याम्पियन गन्नीको जीतमा खिम गुरुङले निर्णायक गोल गरे । छैटौं खेलमा तारा एफसी ए’ ले भ्याली स्पोर्टस्लाई २–१ गोल अन्तरले हरायो ।

ताराको जीतमा क्षितिज जिटी र टिकाराज गुरुङले समान १ गोल गरे भने भ्यालीका लागि विष्णु गुरुङले सान्त्वना १ गोल फर्काए । सातौं खेलमा एलसी ब्रदर्शले पिपलडाली क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एलसी ब्रदर्श प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । एलसीको जीतमा अजित गुरुङले ५ गोलको योगदान दिए भने धनराज मगर र अमृत मगरले समान १ गोल गरे । यसैगरी एलजी आरवाइसी काठमाडौं र पोखरा म्युजिक हाउसबीच भएको अन्तिम खेल गोलरहित बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा काठमाडौंले पोखरा म्युजिक हाउसलाई ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्रिक्वाटरफाइनलमा प्रवेश गरेको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिनुभयाे ।

उहाँका अनुसार आइतबारपनि दोस्रो चरणका खेल हुनेछन् भने सोमबारदेखि प्रिक्वाटरका खेल हुनेछ । सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रु पैयाँसहित ट्रफि प्रदान गरिनेछ ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...