अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप तथा पहिलो पारा च्याम्पियनसिप हुँदै

author

समाचारपाटी

२ हप्ता अगाडि

सातौं नेकोस जुडो अन्तर्राष्ट्रिय च्याम्पियनसिप तथा पहिलो पारा जुडो च्याम्पियनसिप आगामी बुधवारदेखि हुने भएको छ । 
नेपाल खेलकुद महासंघ तथा राष्ट्रिय जुडो संघ नेपाल, बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा वैशाख ३ देखि ५ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । 

खुसिबू नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आट्र्स केन्द्रको जुडो हलमा हुने यस प्रतियोगितामा २१ वर्षमुनिका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । आयोजकले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । पुरुषतर्फ २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनी,  ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनी, ५५ केजीमुनी, ६० केजीमुनी, ६६ केजी मुनी, ७३ केजीमुनि तथा खुला गरी कुल १२ तौलसमूह प्रतिष्पर्धा हुने भएको छ । महिलातर्फ २८ केजीकेजी, ३२ केजीमुनी, ३६ केजीमुनी, ४० केजीमुनी, ४४ केजीमुनी, ४८ केजीमुनी, ५२ केजीमुनी, ५७ केजीमुनी, ६३ केजीमुनी, ६३ केजीमाथि तथा खुला गरी कुल ११ तौलसमूहमा प्रतिष्पर्धा हुने भएको छ । महिला र पुरुष गरी कुल २५० जनाले सहभागीता जनाउँदैछन् ।

विभिन्न जिल्ला तथा क्लव डोजोहरूमा प्रशिक्षण गरिरहेका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए । यस संस्करणमा नेपालसककंगै थाइल्याण्ड र भुटानका खेलाडीहरूले प्रतिष्पर्धा गर्ने भएका छन् । महिला र पुरुष गरी थाइल्याण्डका ११, भुटानका आठ गरी कुल १५० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । विभिन्न जिल्लाका क्लव, डोजो, विद्यालय, संघ सस्थासहित कुल ३५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यस प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ११ तौलसमूहमा खेलाडीले प्रतिष्पर्धा गर्ने तय भएको छ । पारातर्फबाट खेलाडी छनोट गरी  आगामी नोभेम्बरमा हुने डिफ ओलम्पिकमा दुई जना खेलाडी छनोट गर्ने संघले जनाएको छ । त्यसमा पुरुषतर्फ ६० केजीमुनि र महिलामा ५२ केजी तौलसमूहमा छनोट हुने आयोजकले उल्लेख गरेको छ  ।

प्रतियोगितामा खेलाडीहरुको पाँच लाख बराबरको दुर्घटना बिमा पनि गरिएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा आइएसएसआर अर्गानाइजेसनबाट अनुसन्धानको लागि पाँच  जना रिसर्चर पनि दुई दिनको लागि अध्ययन गरी रिपोर्ट पनि निकाल्ने आयोजकले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’