fbpx

कालीगण्डकी कोरिडोरको ७५ प्रतिशत काम सम्पन्न

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं ।भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बाग्लुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६७/ ६८ देखि शुरू भएको आयोजनाअन्तर्गत बाग्लुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र बाग्लुङको जैमिनी नगरपालिका–८ को सिमाना पालुङखोलादेखि मालढुङ्गासम्म ३४ किलोमिटर सडक बाग्लुङमा पर्छ ।

यो खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियरले जानकारी दिनुभयो । हिलेसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ भने २६ किलोमिटर सडक फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको छ ।

बाग्लुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ । शुरूदेखि नै बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको छैन । आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ अन्य बाँकी सडक पनि कालोपत्रका लागि तयारी अवस्थामा छ, गर्मीयाम शुरू भएपछि फेरि काम हुने छ ।

कोरिडोरले बाग्लुङको जैमिनी र बाग्लुङ नगरपालिकालाई जोडेको छ । नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बाग्लुङको मालढुङ्गा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ म्याग्दी, बाग्लुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्टिएको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर