fbpx

कुष्ठरोग युवा र बालबालिकामा बढी

author

समाचारपाटी

५ महिना अगाडि

विज्ञहरुले रोगहरुको व्यवस्थापन गर्नका लागि एकीकृत मार्गदर्शन बनाउन जरुरी रहेको बताएका छन् । ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले सरकारले विभिन्न रोगहरुको  एकीकृत रोडम्याप बनउन जरुरी रहेको बताएका हुन् । उनीहरुले कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा राम्रोसँग निगरानी हुन नसकेको बताए । उनीहरुले सबैको साझा पहल र सहयोगबाट मात्रै रोगहरुको नियन्त्रण हुनसक्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्राले कृष्ठरोग नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक रहेको बताउनु भयो । उहाँले कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा निगरानी राम्रोसँग गर्न नसकिएको बताउनु भयो । उहाँले कुष्ठरोग धेरैजसो मधेसका क्षेत्रमा देखिएको र अधिकांश युवा तथा बालबालिकामा रोग लागेको अध्ययनले देखाएको बताउनु भयो । उहाँले रोग नियन्त्रणका लागि एकीकृत केस रिडिङ र सामुदायिक निगरानी तथा सर्भिलेन्स आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा निगरानी राम्रोसँग गर्न सकिरहेका छैनौँ । समुदायस्तरमा केस नियन्त्रणका लागि सहयोग गरिदिनुहोस् । हामीले यसका लागि तालिम गरिरहेका छौँ । विभिन्न ठाउँमा पुगिरहेका छौँ तर यति प्रयासले हुँदैन । यसका लागि साझा प्रयास चाहिन्छ । पूरै मधेस र तराईको क्षेत्र यसमा छ । युवा पुस्तामा यसको बढी समस्या छ । साथै बालबालिकाहरुमा । हाम्रो जस्तो देश जो रेमिट्यान्समा भर पर्छौं, लेप्रेसीले गर्दा अपांगता लगायत अन्य कुराको जे समस्या हो, धेरै प्रभाव पर्छ । बालबालिकामा देखिरहेको केसलाई नियन्त्रणमा ल्याउनुुपर्छ । इन्टिग्रेटेड डिजिज केस फाइनिङ र इन्टिग्रेटेड डिजिज सर्भिलेन्सको अब समय भइसकेको छ । हामीले एउटा डिजिजको लागि जनशक्ति छैन । एकीकृत रुपमा हामी गएनौँ भने फरक फरक रोगहरु नियन्त्रण गर्न सक्दैनौँ । त्यसलै एकीकृत रुपमा केस रिडिङ र सामुदायिक निगरानी तथा सर्भिलेन्स गर्नुपर्छ ।’

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले विभिन्न रोगहरुका छुट्टै रोडम्याप भएपनि अब एकीकृत रुपमा रोडम्याप बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले रेबिज रोगका लागि वान हेल्थ स्टाटेजीहरु तयार गरेको भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले कुकुरको टोकाइबाट हुने रेबिजलाई जिरो बनाउन ७० प्रतिशत भन्दा बढी स्टेट डगलाई भ्याक्सिनेसन गर्ने क्याम्पियन शुरु गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको बताउनु भयो । तराईमा मात्रै लाग्ने डेंगु अहिले पहाड हुँदै हिमासम्म देखिने गरेको भन्दै नेपालले अध्ययनका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘रेबिज रोगका लागि हामीले वान हेल्थ स्टाटेजीहरु तयार गरेका छौँ । साँच्चै नै रेबिजलाई नियन्त्रण गर्ने हो भने मास डग भ्याक्सिनेसन यो महत्वपूर्ण कुरा हो । कुकुरको टोकाइबाट हुने रेबिजलाई जिरो बनाउने हो भने ७० प्रतिशत भन्दा बढी स्टेट डगलाई भ्याक्सिनेसन गर्ने क्याम्पियन शुरु गर्न जरुरी छ । ती कार्यक्रमहरु प्रभवकारी रुपमा शुरु भएका छैनन् । हामीलाई चुनौति छ । सबैमा यसको साथ चाहिन्छ । नेपाल अहिले ग्लोवल वार्मिङको चित्र ऐना हो । डेंगु पछिल्लो समय तराईबाट पहाड र हिमालमा गइसकेको छ । विश्वमा पनि यही अवस्था छ । नेपालले धेरै अध्ययनका कामहरु अघि बढाउन सक्नेछ । विभिन्न रोगहरुका छुट्टै रोडम्याप तयार गरेका छौँ । तर एकीकृत रुपमा रोडम्याप बनाउन जरुरी छ ।’

उहाँले कालाजारका बिरामी काठमाडौंमा नै भेटिसकिएको पनि बताउनु भयो । यस वर्ष ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ,मर्यादित व्यवहार गरौँ’ भन्ने नारासहित कुष्ठरोग दिवस मनाइँदैछ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन