काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।
मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।
नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका थिए ।
कार्यसमिति बैठकमा पनि उनीहरुले लिखित रुपमा राजीनामा मागेका हुन् ।
उनीहरुमध्ये ६ जना कार्यसमिति बैठकस्थलमै छन् भने अस्वस्थका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।