शनिबार बाट नवलपुरको कोल्हुवामा छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप सुरु

author

समाचारपाटी

१ year अगाडि

पोखरा। खेलकुद मार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ शनिबार बाट नवलपुरको कोल्हुवामा छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप सुरु भएको छ । राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २–१ ले हराउँदै सेन्टर कलेज फोर  ब्रदर्सले प्रतियोगितामा जित निकालेको हो ।

खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम चौधरीले समान एक–एक गोल गरे । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काउनुभएकाे थियाे । त्यस्तै शनिवारको खेलमा सेन्टर कलेज फोर ब्रोर्दरका खेलाडी फागुराम चौधरीले म्यान अफ द म्याच घोषित हुनुभएकाे । उहाँलाई नगद रु ५ हजार नगद पुरस्कार गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा श्रीधर शर्माले हस्तान्तरण गर्नुभयाे ।

प्रतियोगिता अन्तर्गत भोलि अर्थात् माघ २८ गतेको खेल हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लबको सहभागीता छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले गर्नुभयाे । सो अवसरमा बोल्दै मन्त्री सिम्खडाले गण्डकी प्रदेशको खेल विकासका लागि प्रदेश सरकार प्रतिवद्ध भएको जनाउँदै यस प्रकारका प्रतियोगिताहरुलो समाजमा बन्य क्षेत्रको संरक्षणमा जनचेतना जगाउन भूमिका खेल्ने बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषका सदस्य सचिव श्रीधर शर्माले परिषदले आफ्ना कार्यक्रमहरु योजनाबद्ध रुपमा अघि बढाएको बताउनुभएकाे थियाे । उहाँले प्रदेशका खेलाडीहरुको हितका लागि विभिन्न कार्यक्रम सहित रेफ्री तथा प्रशिक्षकहरुको सुचिकरण, दुर्घटना विमा, खेलाडी र खेलाडीका परिवारलाई सुविधा अन्तर्गत सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्ने लगायतका विषयमा समेत परिषदले योजनाहरुलाई कार्यान्वयनको दिशामा अघि बढाएको उल्लेख गर्नुभयाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन