काठमाडौं । जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ।
बिहीबारको क्वालिफायर-२ मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी रहँदै ८ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका जिमी नीशमले १७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए।
जनकपुर अब शनिबार उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले क्वालिफायर-१ मा जनकपुरलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।