fbpx

पाल्पाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेनलाई

author

समाचारपाटी

१२ महिना अगाडि

तानसेन । पाल्पामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो । प्रतियोगितामा २५ स्वर्ण, १० रजत र १९ काश्य पदकसहित तानसेन नगरपालिका प्रथम भएको हो ।

१० स्वर्ण, ६ रजत र ४ काश्यसहित पूर्वखोला गाउँपालिका दोस्रो भयो । ८ स्वर्ण, ११ रजत र ११ काश्य पदक विजेता रामपुर नगरपालिका तेस्रो भएको छ । ३ स्वर्ण, ८ रजत र ११ काश्य पदक जिती बगनासकाली गाउँपालिका चौथो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले बताउनुभयाे ।

यसैगरी ३ स्वर्ण, २ रजत र ८ काश्य पदक माथागढी गाउँपालिका पाँचौं, २ स्वर्ण, ४ रजत र ३ काश्यसहित रम्भा गाउँपालिका छैठौं,२ स्वर्ण, १ रजत र २ काश्य पदक जितेको रिब्दीकोट गाउँपालिका सातौं, १ स्वर्ण र ३ काश्य पदकसहित निस्दी गाउँपालिका आठौं,९ रजत र ९ काश्य पदकसहित तिनाउ गाउँपालिका नवौं र १ रजत र १ काश्य पदक जिती रैनादेवी छहरा दशौं भएको छ ।

प्रतियोगितामा पाल्पाका १० स्थानीय तहमध्ये तिनाउ गाउँपालिका र रैनादेवी छहराले कुनैपनि विधामा स्वर्ण पदक प्राप्त गर्न नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले बताउनुभयाे ।

विजयी खेलाडीहरू लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (सन्त), प्रदेशसभा सदस्य वीर बहादुर राना, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायतले रनिङ शिल्डसहित विभिन्न विधाका पुरस्कार र सम्मान वितरण गरेका थिए।

annapurnapost


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर