fbpx

फागनुमा विदेशी खेलाडीसहित फिफ्टिन रग्बी लिग च्याम्पियनसिप हुँदै

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडाैं । केही  विदेशी खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागनुको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ ।  नेपाल रग्बी संघको आयोजनामा लिग फरम्याटको फिफ्टन रग्बी लिग फागनुको ६ देखि १२ गतेसम्म हुन लागेको हो।

संघले मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दियो । उक्त प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । तीन विभागीय टोली नेपाल आर्मी क्लव, एपिएफ क्लव र नेपाल पुलिस क्लवका साथै गोर्खाली रग्बी क्लवले लिगमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

गत संस्करण खेलका कालभैरव रग्बी क्लव र हिमालयन टाइगर रग्बी क्लवले भने यस पटक सहभागिता नजनाउने भएका छन् । संघका अध्यक्ष दीपक देवकोटाले रग्बी सेभेन्सभन्दा फिफ्टिन ‘ए’ साइड केही कठिन र रोमाञ्चक हुने भएकाले प्रतियोगितामा सहभागिताका लागि मापदण्ड तय गरिएको र सो मापदण्डअनुरूप नभएका क्लबलको सहभागिता अस्वीकृत गरिएको बताउनु भयो । फिफ्टिनको लिग खेल्न २० वर्षभन्दामुनिको खेलाडी रोक लगाइएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

हरेक क्लवले न्युनतम २१ खेलाडी र अधिकतम् २६ खेलाडी समावेश गराउने मापदण्ड तय गरिएको संघले जनाएको छ । एउटा टोलीमा पाँच जना विदेश खेलाडी राख्न पाउने प्रावधान रहेको र गोर्खाली क्लवले पाँच खेलाडीको नाम दर्ता गराएको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । संघले हरेक क्लवलाई एक लाख ६० हजार रुपैयाँ प्रतियोगिताको तयारीका लागि बजेट उपलब्ध गराएको छ ।

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र पदक पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताका लागि तय गरेको खेलकुद बीमा यस प्रतियोगितामा पनि समावेश गरिएको संघले जनाएको छ । संघले यसै प्रतियोगितामार्पmत राष्ट्रिय टोली छनोटसमेत गर्ने भएको छ ।


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक