fbpx

फोर जी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्नुपर्छ : सञ्चारमन्त्री

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोर–जी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ–जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ ।

बिहीवार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको फाइभ जी को चुनौती र आगामी बाटोु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै ठाउँमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको बताउनुभयो ।

उहाँले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल भए र नभएको विषयमा अध्ययन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा फाइभ जी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ । हामीले फोर जीको अवस्था थाहा नपाई फाइभ जीमा कसरी अगाडि बढ्ने विषय छ ।

फोरजी सेवामा कति लागत लगायौँ र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरि विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौँ भने लाभभन्दा पनि नोक्सान हुनेजस्तो लाग्छ ।

हामी फोर जीमा भौगोलिकरूपमा कठिन अवस्थामा छौँ । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन, फोर जीको विषय टाढाको कुरा हो ।’


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने