काठमाडौं । गृहमन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवाका लागि ५ डीआइजीको नाम सिफारिस गरेको छ ।
गृहमन्त्रालय मातहतको बढुवा समितिको शुक्रबार बसेको बैठकले ५ डीआइजीहरूको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौमा किरण बज्राचार्य रहेका छन् ।
वर्तमान आईजीपी धीरजप्रताप सिंहको कार्यकाल आगामी चैत ९ गते सकिँदैछ । त्यसपछि यिनै मध्येबाट एकजना आईजीपी बन्नेछन् ।