रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-८ दुलीमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका-५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा आज दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाम सानीभेरी गाउँपालिका-का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँका २२ दिनको छोरा रोशन केसीको ज्यान गएको हो ।
त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठले बताउनु भयो । घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीको नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ।
सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता
केसीको नेपालगञ्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएको छ ।