fbpx

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

author

समाचारपाटी

१ year अगाडि

आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको हो । इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारा सहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागेको जनाएको छ । सन् २०३५ सम्मभित्र १५ हजार  मेगावाट विद्युत निर्यात गर्ने र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्वपूण हुने अपेक्षा आयोजकको रहेको छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले मूर्त रुप दिने गरी निजी क्षेत्रबाट हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको बताएको छ । नेपालमा उत्पादित विद्युतको खपत वृद्धि र निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा आयोजकको रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले दिगो,समावेशी,हरित,पहुँचयोग्य र प्रतिफलयुक्त उर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी,पुँजी संकलन,व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने बताउनु भयो । उहाँले एक्स्पोमा चीन,भारत,क्यानडा,नर्वे,दक्षिण कोरिया,जर्मनी,बुल्गेरिया,चेक रिपब्लिक इटली,स्वीडेन,बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवाला निकायहरु आउने बताउनु भयो । उहाँले जलविद्युत लगानीकर्ता,उत्पादक,इन्जिनियर गरी तीन दिनमा ५० हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा रहेको बताउनु भयो ।  

त्यस्तै,इप्पानका अध्यक्ष गणेश कार्कीले मुलुक ऊर्जामय भएको अवस्था रहेको बताउनु भयो । उहाँले २०३५ सम्म १३ हजार मेगावाट नेपालमा उत्पादित विद्युत खपत गर्ने लक्ष्य रहेको भन्दै विशेष गरी विद्युत उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले १० वर्षमा १० हजार मेगावाट भारत सरकारले किन्ने सम्झौता भएको छ तर १० हजार मेगावाट विद्युत उत्पादन गर्न विषय गम्भिर रहेको बताउनु भयो । अध्यक्ष कार्कीले एक्स्पोमा १३ हजार विद्युत मुलुकभित्रै खपत गर्ने उपायको खोजी गरिने बताउनु भयो । नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्न समस्या पर्ने अवस्था नभएको उहाँको भनाई छ । अध्यक्ष कार्कीले राज्यको सक्रियतामा नीतिगत सुधार गरिदिए निजी क्षेत्रलाई सँगै लैजाने हो भने ३० हजार मेगावाट निर्यात गर्न सकिने दाबी गर्नुभयो । उहाँले विद्युत उत्पादन,खपत र निर्यातको लागि सरकारले सबैभन्दा पहिला नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनु भयो । 

एक्स्पोमा २०० भन्दा बढी स्टलहरु रहने छन् । २०० मध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागिताको लागि बुधवारदेखि स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले जनाएको छ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर