महोत्तरी । भारततर्फ लैजाँदै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्सीस्थित दशगजाबाट डोर्याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वटा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिनुभयो।
उहाँका अनुसार पक्राउ पर्नेमा सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।