fbpx

वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गर्ने ४ जना पक्राउ

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेको पाँचखाल गाउँपालिका–५ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखाको शहीद लखन गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ घर भएका २४ वर्षीय विशाखा पौडेल रहेका छन् ।

सुनिलले सर्बिया पठाइदिने भन्दै १ जनाबाट २२ लाख ३८ हजार, विकाशले जापान पठाइदिने भन्दै २ जनाबाट ३ लाख, सुरेन्द्रले अमेरिका पठाइदिने भन्दै १ जनाबाट ९७ लाख ५४ हजार र विशाखाले कुवेत पठाइदिने भन्दै १ जनाबाट १ लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी तथा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारीले बताउनुभयो ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन