काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित चारजनालाई पक्राउ गरेको छ ।
कठमाडौँबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका उनीहरुलाई स्रोत नखुलेको झण्डै एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा अवैध मुद्रा भेटिए पछि प्रहरीले सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।
पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।