fbpx

पाकिस्तानमा रहेको प्रहरी मुख्यालयमा भएको आक्रमणमा ३ सुरक्षाकर्मीसहित ४ को मृत्यु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको छ ।

दक्षिणी सहर कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति तालिबानी समूहको आक्रमणमा परि तीन सुरक्षाकर्मी र एक नागरिकको ज्यान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका थिए । सुरक्षाकर्मीले प्रतिकार गर्दा केही घाइते भएका छन् । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिनुभएको छ । साथै उहाँले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । यो आक्रमणको तेहरिक–ए–तालिबान पाकिस्तान टीटीपी ले जिम्मा लिएको बीबीसी हिन्दीले जनाएको छ ।

गएको नोभेम्बरदेखि पाकिस्तानी तालिबानले सरकारसँगको एक महिने युद्धविराम एकतर्फी रुपमा समाप्त भएको घोषणा गरेसँगै आक्रमण र विस्फोटका घटना बढ्न थालेका छन् ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन