fbpx

विमान दुर्घटनामा परि हराइरहेका ४ बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको बीबीसीले जनाएको छ ।

तेह्र,नौ,चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी भएको बताइएको छ । कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले यो दिन पूरै देशको लागि हर्षको दिन भएको बताउनुभएको छ ।

ती बालबालिका गएको मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजोनस प्रदेशको एराराकुराबाट गुवाभेर गइरहेका थिए । यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरको हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटको ज्यान गएको थियो । ती तीन जनाको शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेको थियो ।

तर चार जना बालबालिका भौतारिँदै अनकन्टार जंगलमा गएको हुनसक्ने आशंकापछि कोलम्बियाई सेनाले खोजी तीव्र पाररेको थियो । बालबालिकाका पाइलाका छाप पछ्याउँदै उद्धार टोलीले खोजी गरेको थियो । त्यहाँका स्थानीय बासिन्दा पनि खोजी कार्यमा खटेका थिए ।

यतिका लामो समयसम्म जंगलमा हराएका बालबालिका जीवितै भेटिनु पक्कै पनि आश्चर्यको कुरा हो । तर तीनीहरु स्थानीय ह्वीटोटो जाति तथा समुदायको भएको र उनीहरुलाई जङ्गली फलफुलको बारेमा जानकारी भएको र जंगलमै पनि बस्न सक्ने खुबी भएकाले जीवीतै रहेको हुनसक्ने अनुमान गरिएको छ ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन