प्युठान । प्युठानमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ युवक पक्राउ परेका छन् ।
ऐरावती गाउँपालिका ५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
थापाले ती महिलालाई ऐरावती गाउँपालिका २ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३१ वर्षीया महिला बलात्कृत31-year-old woman raped in Pyuthanप्युठानमा ३१ वर्षीया महिला बलात्कृत