२१ लाख अवैध भारतीय रुपैयाँसहित ३ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

बुटवल । कपिलवस्तु प्रहरीले २१ लाख बढी अवैध भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका १ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका ६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही ठाउँका २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार बिहीवार राति ९ बजे कपिलवस्तु नगरपालिका २ जमुवारपुल स्थित भैरहवा तौलिहवा हुलाकी सडकखण्डमा भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ५५ एएम ०४५९ नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँ फेला परेको हो।

प्रहरीले उनीहरुको साथबाट ५ सय दरको नोट ४ हजार २०७ थान र एक सय दरको नोट ३६ थान गरी जम्मा २१ लाख ७ हजार एकसय भारतीय रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन