काठमाडौं I रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। गुप्ता फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका थिए र उनलाई गौतमबुद्ध विमानस्थलको सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले गुप्तासँगै उक्त घटनामा संलग्न रहेका शंकास्पद दुई जनालाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान सुरु गरेको छ।