fbpx

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो ।

छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक पृथक महोत्सव भएकाले यसलाई थप व्यवस्थित पारिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै महोत्सवका संयोजक समेत रहेका रेवान पोखराका द्वितीय उपाध्यक्ष विकास भट्टराईले महोत्सवमा यसपटक हुने आकर्षणका बारेमा प्रकास पारेका थिए । उहाँले सडकमा विभिन्न खानाका परिकार, सांगीतिक कार्यक्रम, लेकसाइडका विभिन्न स्थानहरूमा स्टेज निर्माण, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम लगायत रहने जानकारी गराएका थिए । त्यसैगरी महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा मुख्य स्टेज बन्ने,त्यहीँ लाइभ ब्यान्ड सँगै विभिन्न स्टलहरू रहने बताएका थिए ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले फिस्टेल गेटदेखि अम्मट, गौरीघाट,हल्लनेचोक गैह्राको चौतारा तथा पूर्वतर्फ जरेवरसम्म झण्डै चार किलोमिटर क्षेत्रभित्र महोत्सवको आयोजना गरिने बताउनुभयाे । छलफल कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नरेश भट्टराईले पोखरा सडक महोत्सवका प्रायोजकहरु गोर्खा बुअरी, वरुण बेभ्रेजको पेप्सी, खुकुरी रम लगायतले विगतदेखि गर्दै आएको सहयोगले आगामी वर्षहरूमा पनि निरन्तरता पाउने अपेक्षा प्रकट गरे । सहयोगीलाई सहयोगलेनै गुण तिर्नुपर्ने भट्टराईको भनाइ थियो ।

सल्लाहकार समितिका संयोजक गणेशबहादुर भट्टराईले २६ औँ संस्करणसम्म आइपुग्दा पोखरा सडक महोत्सवले अन्तर्राष्ट्रिय स्तरमा पोखराको छुट्टै पहिचान बनाउन सफल भएको भन्दै यसको निरन्तरताका लागि व्यवसायिक एकता आवश्यक पर्ने बताउनुभयाे । संस्थाका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्दै २६ औँ संस्करण सफल पार्न आम पोखरेलीहरुलाई आग्रह गरेका थिए ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू