पोखरामा २५ औं संस्करणकाे सडक महोत्सव बिहीबारदेखि सुरु हुने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । पोखरेली पर्यटन ‘ब्रान्ड’ बनेको पोखरा सडक महोत्सवको २५ औं संस्करण बिहीबार सुरु हुने भएको छ । पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सव रजत जयन्तीका रुपमा १६ गतेसम्म चल्ने आयोजक रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले जानकारी दिएको छ ।

अंग्रेजी नयाँ अवसरका अवसरमा रेबानले बर्षेनी महोत्सव आयोजना गर्दै आएको छ । विगतमा अंग्रेजी नयाँ वर्षमा नेपालमा बाह्य पर्यटक शून्य हुने अवस्थामा विदेशी पाहुना डाक्ने उद्देश्यसहित महोत्सव सुरुआत गरिएको आयोजकको भनाइ छ ।

‘महोत्सव सुरु हुनुभन्दा अगाडि यो सिजनमा विदेशी पर्यटकको आगमन लगभग शून्य नै हुन्थ्यो । क्रिसमस, उनीहरुको नयाँ वर्ष पनि एकैचोटी हुने भएकाले नेपाल आउँदैथे’, महोत्सव संयोजक विश्वराज पौडेलले भन्नुभयाे, ‘उनीहरुलाई नेपाल बोलाउन नै सुरुमा महोत्सव आयोजना गरिएको थियो ।’

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित मनाइने महोत्सवमा थारु, मगर, किरात, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भेषभूषासँगै संस्कृति समावेश गरिने आयोजकको भनाइ छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सव करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन