fbpx

पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइन टिकटको व्यवस्था

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ । महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर पहिलो पटक आयोजकले अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो ।

साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयाे । ‘खल्ती एपसँगै विदेशी कार्डहरुबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिन्छ,’ अध्यक्ष भट्टराईले भन्नुभयाे । दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मूल्य बढी लाग्ने तर अनलाइनबाट टिकट काट्दा केही सस्तो हुने उहाँको भनाइ छ ।

साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारको प्रस्तुति

महोत्सवमा सहभागी हुन पोखरा आउने पर्यटकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रम सञ्चालन रीमा विश्वकर्माले गर्नेछिन् ।

न्यू इयर इभमा र्यापर लाउरे र द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति हुनेछ भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको प्रस्तुति रहनेछ । यस्तै, डिसेम्बर २९ तारिखमा ‘ओ अमिरा’ तथा ‘मन मगन’ फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन् ।

उनीहरुको साथमा लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका चर्चित ब्यान्ड र गायकहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् । रेवान अध्यक्ष नरेश भट्टराईले यो पटक महोत्सवको रजत वर्ष भएकाले विगतको भन्दा विशेष हुने बताउनुभयाे । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारालाई सफलताका साथ व्यवस्थित रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयाे ।

स्वर्णिम इन्टरटेनमेन्ट र एड साथीले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेका छन् । ‘मेलामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसँगै २० भन्दा बढी प्रकारका खानाको स्वाद लिन त पाइन्छ नै, त्योसँगै रजत वर्षको अवसर भएकाले हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य पनि गर्दैछौं । यसले विदेशी पर्यटकहरुलाई वैदिक सनातन धार्मिक तथा सांस्कृतिक अनुभव पनि गराउने छ’, कन्सर्ट तथा पार्क म्यानेजमेन्ट प्रमुख श्रीधर पौडेलले भन्नुभयाे ।

यो वर्षको महोत्सवमा डुंगा रेस, वेटर रेस, विभिन्न समुदायको झाँकी, कन्सर्ट, आतिस बाजी (फायरवक्स)सँगै अन्य विभिन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउनेहरुले पूर्ण मनोरञ्जन प्राप्त गर्ने पौडेलको भनाइ छ ।

onlinekhabar


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन