fbpx

२५औं आदर्श कपको उपाधी एन्फा कास्कीलाई

author

समाचारपाटी

१ महिना अगाडि


पाेखरा । कास्कीको लेखनाथमा आयोजित २५औं आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधी एन्फा कास्कीले हात पारेको छ । लेखनाथको भण्डारढीक स्थीत लेखनाथ रंगशालामा शनिवार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीलाई २–१ को गोल अनतरले पराजित गर्दै कास्कीले उपाधि जित्न सफल भएको हो ।

खेलको ४६ औ मिनेटमा शसस्त्रका प्रविन स्याङतानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए । तर त्यसको ६ मिनेटमै कास्कीका संगम ठकुरीले दोश्रो गोल थप्दै जित सुनिश्चत गरेका थिए ।

त्यसपछि पनि बारम्बार पाएको गोल गर्ने मौकालाई सदुपयोग गर्न नसक्दा सशस्त्रले उप विजेतामा चित्त बुझाउनु परेको छ । च्याम्पीयन बनेको कास्कीले उपाधीसँगै नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता सशस्त्र प्रहरी वल गण्डकी प्रदेशले नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ,सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङते, उत्कृष्ट डिफेन्डरमा सशस्त्र कै सन्तोष श्रेष्ठ,उत्कृष्ट गोलरक्षकमा कास्की ११ का आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ठ खेलाडीमा कास्की कै अनिस तामाङ पुरस्कृत भएका हुन् । प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ टिमको सहभागिता रहेको थियो ।

विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै संघिय सासंद मन बहादुर गुरुङले खेललाई ब्यवसायिक र प्रस्तावित लेखनाथ रंगशालालाई पोखराको बैकल्पीक रंगशालाको रुपमा विकास विकास गराउन पहल गर्ने वताएका थिए । आयोजक आदर्श युवा क्लवका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन सचिव सन्तोष गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन क्लवका सस्थापक अध्यक्ष चेत बहादुर गुरुङले गरेका थिए । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको थियो ।


काठमाडौं

आइतवार, माघ १३, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन