fbpx

‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो ।

महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको रुपमा निर्वाचित गराएको हुँदा विकास निर्माणका कार्यमा सेवककैरुपमा सक्रिय भएरै लागिरहने बताउनुभयाे । विगत देखिनै भदौरे फुटबल खेलमैदानमा प्यारापिटको आवश्यकता रहेको बताउँदै सांसद बरालले आवश्यक पहल गर्ने जनाउनुभयाे ।

अन्नपूर्ण गाउँपालिका वडा ४ का वडाध्यक्ष आइन्दल गुरुङले भदौरे विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे । पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुलाई प्रोत्साहन गर्नपनि उहाँले आग्रह गर्नुभयाे । त्यस्तै मौले चरचरे बन उपभोक्ता समूहका अध्यक्ष रुपेश गुरुङ, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सहसचिव तारकाजी गुरुङ, महोत्वस संयोजक मनबहादुर गुरुङलगाएतले भदौरे गाउँको विकासलाई अगाडी बढाउन आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयाे ।

त्यसैगरि भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले महोत्सव भव्यरुपमा सम्पन्न गर्न साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयाे । साथै २०५५ सालदेखिनै युवाहरुलाई खेलप्रति आकर्षण गर्न भदौरे महोत्सवमा विभिन्न खेलहरु राखिदै आएको उहाँले जानकारी दिनुभयाे । भदौरे गाउँको पर्यटन र खेलकुदको विकासका लागि भदौरे क्लबको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष गुरुङले बताउनुभयाे ।

महोत्सवमा भएको फुटबल प्रतियोगितामा नौडाँडालाई हराउँदै भदौरे बिजेता बनेको छ । भदौरेले ३–१ गोल अन्तरले फाइनल खेलमा नौडाँडालाई पराजित गरेको हो । यो सँगै भदौरे बिजेता बन्दै नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता बन्दै नौडाँडाले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरि धेरै गोलकर्ताका उपाधि भदौरेका सन्दीप गुरुङ, उत्कृष्ट गोलकिपर नौडाँडाका समिर सुवेदी र उत्कृष्ट खेलाडीको उपाधि भदौरेका बिशाल बिकले प्राप्त गरेका छन् । त्यस्तै मैत्रिपूर्ण भेट्रान्स फुटबल प्रतियोगितामा भने ढिकुरपोखरी बिजेता बनेको छ ।

महोत्सव तथा भदौरे गाउँको प्रचारमा भूमिका खेल्ने एक जना पत्रकारलाई सम्मान समेत गरिएको छ । प्रत्येक महोत्सवमा एक–एक जना पत्रकारलाई सम्मान गरिदै आएकोमा यस पटक पत्रकार राजु गिरीलाई गरिएको क्लबका अध्यक्ष जिबन गुरुङले जनाउनुभयाे । गिरीलाई नगद रु पाँच हजार, दोसल्ला र कदर पत्रले सम्मान गरिएको हो । पत्रकार गिरी गन्थन डटकमका समाचार प्रमुख हुनुहुन्छ ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा भएको महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...