fbpx

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी हुनुभएकाे छ। अनेरास्ववियूको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा बडाल निर्वाचित हुनुभएको निर्वाचन समितिले घोषणा गरेको छ।

बडाल निवर्तमान महासचिव हुनुहुन्छ। बडालले ९ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी आरसी लामिछानेले ३ सय ५६ मत प्राप्त गर्नुभएकाे छ ।

महासचिवमा नरेश रोकाया विजयी हुनुभएकाे छ। उहाँले ७ सय ३३ मत प्राप्त गर्नुभएकाे छ। रोकायाका निकटतम् प्रतिद्वन्द्वी भाष्कर खनालले ३सय २२ मत प्राप्त गर्नुभएकाे थियाे।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी हुनुभएकाे छ। यसैगरी सचिवमा डा. सुजन कडरिया, अन्जना शिवाकोटी, आरती भट्टराई, दीपेश प्रसाईं, प्रकाश पौडेल, विनिता काफ्ले, सन्जीव धिताल, ​​​​​​​दीपक धामी, आशिर्वाद सुवेदी र मनोज ताम्ली लिम्बु निर्वाचित हुनुभएकाे छ । कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएकाे छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले सहमतिमा नेतृत्व चयनको प्रयास गरेपनि असफल भएपछि बिहीबार बेलुकाबाट विद्युतीय मेसिनमार्फत मतदान गरेर नेतृत्व चयन गरेको हो। निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको निर्वाचन समितिले जनाएको छ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर