fbpx

श्रीलङ्काको पक्राउ परेका २२ जना भारतीय मछुवा रिहा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । श्रीलङ्काको अदालतले पक्राउ परेका २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ । तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टईमा माछा मार्ने बन्दरगाहबाट निस्केका उनीहरुलाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो ।

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले उनीहरुलाई गएको जुन २२ तारिखमा पक्राउ गरेको थियो । साथै मछुवाबाट भारतीय डुङ्गा समेत नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका २२ जना मछुवालाई स्थानीय प्रहरीले अनुसन्धानपछि अदालतमा उपस्थित गराएको थियो ।

न्यायाधीशले उनीहरुलाई जुलाई ५ तारिख अर्थात् हिजोसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । हिरासत पूरा भएपछि फेरि अदालतमा पेस गरिएका उनीहरुलाई अदालतले रिहा गर्न आदेश दिएको समाचार संस्था एएनआईले जनाएको छ ।

हिजो रिहा भएका २२ जना भारतीय मछुवा केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको मछुवा सङ्घलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन