‘अध्यागमन कर्मचारी र प्रहरीबीच हातपातको घटनाका दोषीमाथि कडा कारबाही हुन्छ’:- उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

author

समाचारपाटी

२ हप्ता अगाडि

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ । 


आईतवार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो घटना दुःखद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानविन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताउनु भयो । उहाँले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रिया (अफिस अटोमेशन सिस्टम) बाट शुरु गर्न लागिएको पनि बताउनु भयो । 

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सिधै भन्न सकिने कुरा कुरा के हो भने व्यवसायिक आचरण भएन । मुख्य कुरा त त्यही हो । व्यवसायिक आचरण भएन र , त्यो घटना घट्न पुग्यो । हामी एक्शनको प्रक्रियामा भइसकेपछि त्यो घटना घट्यो । अब त्यसमा हाम्रो प्रतिवेदनमा के छ भने जे भयो, दुःखद् भयो । त्यस्तो घटना दोहोरिन दिन हुँदैन । त्यसको निम्ति छानविन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं । एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो । प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन । त्यहाँ जब हाम्रो अध्यागमनको कर्मचारीले त्यो अराईबलको प्रक्रियाबाट अगाडि जान खोज्नुभयो । स्वभाविक रुपमा प्रहरीले चेकिङ गर्न खोज्यो । त्यो चेकिङ त गर्नैपर्छ । त्यहाँ हरेक पटक जाँदाखेरी त्यो गर्नुपर्ने स्थिति भएको कारणले गर्दाखेरी वा अरु कुनै कारणले गर्दाखेरी जेहोस त्यहाँ हाम्रो अध्यागमनको अधिकृतले चेकजाँचको लागि सहज हुनुपर्ने त्यस्तो भएनन् । अस्वीकार गरिदियो । पहिलो समस्या त्यही हो । तर प्रहरी कर्मचारी त बर्दीमा छ । बर्दीमा रहेका प्रहरीको जोसँग मतभेद भयो । द्वन्द्व भयो, त्यहाँ अलिकति भनाभन पनि भयो । उनले मात्रै केही गरेको भए त स्वभाविक हुन्थ्यो । अर्को डेस्कमा बसिराखेको एउटा असई कुदेर आएर उसलाई कुट्न जान्छ । त्यस पछि अरु डेस्कमा बसेका २ जना प्रहरी पनि थपिन्छन् । र, लतार्दै लगेर कुट्छ । यस्ता घटनालाई हामी कुनै पनि हालतमा प्रोत्साहित गर्न सक्दैनौं । त्यो गल्ती नै हो । त्यसकारणले त्यो असई जो अर्को जिम्मेवारीमा थियो । दौडेर आएर उसलाई समात्यो । र, लिएर गएर कुटेर अरु दुई जना पनि थपिए । त्यहाँ कमजोरी भएकै छ । त्यसकारण असईलाई निलम्वन गर्ने र अरुलाई पनि हामी विभागीय कारबाही गर्ने भन्ने निष्कर्षमा पुगेका छौं । अव कर्मचारीको हकमा के छ ? कर्मचारीलाई हामीले दोषबिहिन भनेका छैनौं । ती कर्मचारीलाई चाँही हामीले त्यहाँबाट निस्काषन गर्ने र विभागीय कारबाही गर्ने पनि निर्णय गरेका छौं । र दुई वटा प्रहरी कर्मचारीलाई पनि विभागीय कारबाहीको प्रक्रियामा लैजान्छौं । हाम्रो निष्कर्ष त्यहाँ त्यस्तो छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँ भित्र हातहातको अवस्था आएको पनि छानविन समितिको प्रतिवेदनको निष्कर्ष रहेको पनि समितिलाई जानकारी गराउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, फाल्गुन १६, २०८०

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक