प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छः गंगानारायण श्रेष्ठ

author

समाचारपाटी

३ महिना अगाडि

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बीचमा अविश्वासको अन्त्य भएको बताउनुभएको छ । 

बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले दाहाल र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताउनुभएको हो । उहाँले दुई नेताका बीचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताउनु भयो । उहाँले क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न नभइ एकतावद्ध भएर अगाडी बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरुमा भएको बताउनु भयो । अध्यक्षद्वय दाहाल र भट्टराई एकतावद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्व नहुने उहाँले बताउनु भयो । सहअध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनैपनि बाहानामा पछाडी नफर्किने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘वार्ता समितिले वार्ता गरेर एउटा वातावरण बनायो । त्यही वातावरणको जगमा दुईवटै पार्टीमा पार्टी एकता÷ध्रुविकरणको निम्ति पार्टी एकता÷ध्रुविकरण संयोजन समिति बनाउने हाम्रो वार्ता समितिले दिएको सुझाव अनुसार अन्तर्गत नेपाल समाजवादी पार्टीले समिति बनाएको छ । प्रक्रिया यहीँ नै हो । यसलाई असमझदारी पनि नभनौँ । मैले हेर्दाखेरी कम्युनिकेशनको ग्याप भएको देखियो । त्यो कम्युनिकेशनको ग्यापलाई फुलफिल गर्ने काम हामीले गरिराखेका छौँ । उहाँहरुको बीचमा तारन्तार छलफलहरु भइराखेका छन् । मुख्यकुरा नेताहरुको सम्बन्ध केही होइन त म भन्दिनँ, तर बस्तुगत आवश्यकता के हो भन्नेकुरा नै महत्वपूर्ण भएको हुनाले अहिलेको वस्तुगत आवश्यकता भनेको हिजोका क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न, छुट्टाछुट्टै टुक्रा, टुक्रामा विभाजित भएर बस्नुभन्दा एकिकृत, एकतावद्ध भएर अगाडी बढ्नु आजको वस्तुगत आवश्यकता हो । जो सँग विचार, राजनीतिक एजेण्डाहरु मिल्छ, सबैकुरा मिल्छ उनीहरुको बीचमा पार्टी एकता नै गरेर जाने । त्यसको निम्ति नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको विचमा पार्टी एकताकै प्रक्रिया अगाडी बढाउने । तर फेरि यतिले मात्रै पुग्दैन । त्यसका लागि अरु पनि समाजवादी कार्यक्रम मान्ने समाजवादी शक्तिहरुलाई वृहत्तर ध्रुविकरणको प्रक्रियामा पनि लिएर जानुपर्ने हुन्छ । त्यसकारण हामीले एकता र ध्रविकरण शब्द राखेका छौँ । माओवादी केन्द्र सँगको पार्टी एकता माओवादी केन्द्र पनि रुपान्तरित हुने र नेपाल समाजवादी पार्टी पनि रुपान्तरित हुने नयाँ आधारमा, नयाँ एकता, नयाँ परिवेशमा नयाँ सोच र चेतनासहितको एकता आजको आवश्यकता हो । त्यो आवश्यकता दुई वटै पार्टी र दुई वटै पार्टीका शीर्ष नेताहरुले बोध गरिसकेको हुनाले यो प्रक्रिया अगाडी बढेको छ । प्रचण्ड र बाबुरामविचको अविश्वास दूर भएको छ । यो त भोलि समयले पनि बताउँदै जाला । मुख्यगरी प्रचण्ड या बाबुराम, उहाँहरुले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढंगबाट बोध गरिराख्नु भएको छ, अब अलग–अलग बसेर होइन, एकतावद्ध भएर जानुपर्छ जुन निष्कर्षमा पुग्नु भएको छ, र सिंगो दुईवटा पार्टी पंक्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मुर्त रुप दिन्छ । यो प्रक्रिया पछाडी फर्किंदैन । अगाडी बढ्छ ।’

सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरु एकतावद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरुले चिन्ता गर्नुपर्ने विषय भएको बताउनु भयो । प्रतिगामी शक्तिहरु एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उहाँको भनाई छ । उहाँले नेपालबाट अब संघीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘अहिले जुन ढंगबाट पश्चगमनकारी शक्तिहरु, प्रतिगामी शक्तिहरु विभिन्न रुप रंगमा एकतावद्ध हुँदै जाने, उनीहरु केन्द्रित हुँदै जाने प्रवृत्ति देखा परिराखेको छ, हामी अग्रगामी शक्तिहरुले चिन्ता गर्नुपर्ने विषय हो । तर यतिकै आधारमा संघीयता खत्तम भइहाल्छ या गणतन्त्र खारेज भएर त्यसको ठाउँमा राजतन्त्र पुनःस्थापना हुन्छ । संविधान खारेज भएर ०४७ सालको संविधान ब्युँतिन्छ भन्नेजस्तो जुन कुराहरु हामीले सडकमा सुन्छौँ, यो कुरा सत्य होइन । गणतन्त्रलाई यो देशबाट अब कसैले पनि हटाउन सक्दैन । संघीयतालाई यो देशबाट कसैले मास्न सक्दैन । दुई, चार जना केही व्यक्तिहरुलाई मन नपरेको हुनसक्छ । तर उनीहरुलाई मन परेन भन्न बित्तिकै संविधान च्यातिन्छ ? उनीहरुलाई मन परेन भन्ने बित्तिकै गणतन्त्र उल्टिन्छ ? त्यो सम्भव छैन ।’

सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागि सबै शक्तिहरु पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।


काठमाडौं

बुधबार, फाल्गुन १६, २०८०

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक