काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँमा बढेको छ भने चाँदीको मूल्य १ हजार ४ सय ५० रुपैयाँमा स्थिर छ ।
आजका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार ७सय र तेजावी सुनको मूल्य एक लाख १५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
आइतबार एक लाख १५ हजार ५सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।