काठमाडौं । आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले खराब सुरुआत गरेको छ। भारतले ११ ओभरभित्रै महत्वपूर्ण तीन विकेट गुमाएको छ।
भारतले ओपनरद्वय कप्तान रोहित शर्मा, शुभम गिल र श्रेयस लैयरको विकेट गुमाएको हो। गिल ७ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान शर्मा ४७ रनमा पेभेलियन फर्किए। ३१ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै लैयर आउनेवित्तिकै आक्रमक खेल्न खोज्दा आउट भएका थिए। ३ बल खेलेका उनले एक चौकामात्र प्रहार गर्नसके।
पाँच पटकको विजेता अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको छ। क्रिजमा विराट कोहली र केएल राहुल खेलिरहेका छन्। १३ ओभरको समाप्तिमा भारतले ३ विकेटको क्षतिमा ८९ रन बनाउँदा विराट २७ रन र केएल ५ रन बनाएर खेलिरहेका छन्।