काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ७ बजेर ३९ मिनेट जाँदा ६.१ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।