प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरुको आफ्नो वैधानिक अधिकारको पूर्ण उपभोग नगरेसम्म मध्यपूर्वमा शान्ति नहुने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा उहाँले प्यालेस्टाइनी जनताले आफ्नो पूर्ण र वैध राष्ट्रिय अधिकारको उपभोग नगरी मध्यपूर्वमा शान्ति कायम हुन नसक्ने बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनको पूर्ण सदस्यताका लागि आह्वान गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन राष्ट्रहरुसँग आग्रह गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न आह्वान गर्नुभयो । उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्मेलनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले प्यालेस्टाइनी जनतालाई सुरक्षा प्रदान गर्न सम्बन्धित प्रश्तावहरु कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो ।
इजरायलले दुई राज्यको समाधानलाई व्यवस्थित रुपमा समाप्त पार्ने क्रममा संयुक्त राष्ट्र संघका प्रत्येक सदस्य राष्ट्रलाई राष्ट्रिय हैसियतले सम्बन्धित संकल्पका आधारमा व्यवहारिक कदम चाल्न पनि आह्वान गर्न आवश्यक भएको बताउनु भयो ।
सिन्ह्वा