रुवाण्डाका केही पशुपालक किसानहरुले मुख्य रुपमा घाँस खेतीमा केन्द्रित नविन खेती अभ्यासहरु अपनाइ दुध उत्पादनमा वृद्धि गरेका छन् ।
पूर्वी प्रान्तको न्यागातारे जिल्लाका स्थानीय पशुपालक किसान लिभिङस्टोन एबियिंगोमा र थोमस रुकेराले विभिन्न प्रकारका घाँस खेती गरेर गाईको दुधमा वृद्धि गरेको बताए । उनीहरुले आफ्नो परिवार पाल्न र छोराछोरीलाई शिक्षामा सहयोग गर्न दुध उत्पादनले उल्लेख्य भुमिका खेलेको बताए । एबियिंगोमाले शुरुमा सुख्खा मौसममा कम दुध उत्पादनका कारण चुनौतिहरुको सामना गर्नुपरेको बताउनु भयो । यद्यपी उहाँले गाईको खानेकुराको खेती गर्न रुवाण्डा कृषि तथा पशु श्रोत विकास बोर्डको रुवाण्डा डेरी विकास परियोजनाको सहयोगमा दुध उत्पादनमा वृद्धि गरेको बताउनु भयो । उहाँले घाँस खेतीअघि आफूले बिहान ४ लिटर र बेलुका दुई लिटर गरी ६ लिटर दुध दैनिक उत्पादन गर्ने गरेपनि घाँस उब्जाएपछि बिहान १५ लिटर र बेलुका ८ लिटर दुध बढेको बताउनु भयो ।
रुकेराले दुध उत्पादन वृद्धि गर्नुका साथै गाईको घाँस र बीउ दुवै बेचेर आम्दानी बढाउनुभएको छ । यसले आफ्नो आयश्रोतमा वृद्धि गरेको बताउनु भयो । घाँस नलगाएको भए गाईले दुध दिन बन्द गर्ने उहाँले बताउनु भयो ।
पानीको व्यवस्थाका लागि बाँध निर्माण गर्नुपरेको बताउनु भयो । रुवाण्डाको कृषि तथा पशु श्रोत मन्त्रालयले हालै पूर्वी प्रान्तको न्यागातारे, गात्सिबो, कायोन्जा र किरेहे जिल्लाको ७० प्रतिशत चरण क्षेत्रलाई गाईको चारा उपलब्ध गराउन बाली लगाउन निर्देशन दिएको छ ।
सिन्ह्वा