काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित हुनुभएकाे छ । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित हुनुभएकाे हाे ।
कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाउनुभएकाे हाे । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाउनुभएकाे छ । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुनुहुन्छ ।