‘टेक्नोलोजीलाई हामीले भरपुर प्रयोग गर्नुपर्छ, यसले हाम्रो कष्ट ट्रान्जेक्सन कम गर्छ’:-अर्थमन्त्री महत

author

समाचारपाटी

२ महिना अगाडि

अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गर्नुभएको छ । 

बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताउनु भयो । अर्थमन्त्री महतले बैंकहरुले उल्टो ब्याजदर बढाउने काम गरेको भन्दै असन्तुष्ट जनाउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले सकारात्मक सन्देश प्रवाह र बैंकहरुले निजी क्षेत्रलाई सहुलियत दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय बैंकहरुलाई लगानी नगर् भनेर नकारात्मक साइकलको अन्त्य गर्नु जरुरी देखिएको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्ने र आर्थिक गतिविधि बढ्दा रोजगारी पनि वृद्धि हुने भन्दै  अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले अर्थतन्त्रप्रति नकारात्मक देखिए निजी क्षेत्रलाई नै पछि समस्या पर्ने बताउनु भयो । उहाँले बैंकहरुले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने अवस्थामा केही बैंकहरुले ब्याज बढाउनु राम्रो नभएको बताउनु भयो । उहााले सरकारी बैंकहरु ब्याजदर घटाएको भन्दै अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा लगानीमा टेक्टोलोजी प्रणालीमा अग्रहणी भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । उहाँले निक्षेप तथा कर्जा सुुरक्षण कोषले निक्षेपकर्ताहरुको लगानी जोखिमलाई न्युनिकरण गर्नसके मात्रै निक्षेप बढ्नसक्ने बताउनु भयो । उहाँले साना–साना वचत कर्जा र उद्यमहरुको विकास गर्नसके मात्रै अर्थतन्त्र माथि जानसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘आर्थिक गतिविधिमा भविष्यमा आउन सक्ने जोखिमलाई जति न्युन गर्न सकियो । उति निर्धक पूर्वक आर्थिक कारोबार बढ्छ । त्यस्तो लगानी गर्दा साना लगानीकर्ता, निक्षेपकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुमा सुरक्षा हेर्छन् । त्यो जोखिम जति कम गर्न सक्यो त्यति साना वचत कर्ताहरुबाट पुँजी प्रवाह हुन्छ । त्यसले मुलुकको अर्थतन्त्र माथि लैजान्छ । साना कर्जा प्रवाह र साना उद्योगहरु स्थापना हुन्छ । यसले नै धेरै रोजगारीहरु सिर्जना गर्छ । ठूला संस्थाहरुले ठूलो रोजगारी सिर्जना गर्न सक्दैन । निक्षेप सुरक्षण कोषलाई सक्षम बनाउन जरुरी छ । यो युग टेक्नोलोजीको हो । इन्फरमेसन टेक्नोलोजी र डिजिटल अर्थतन्त्रको कुरा गरिरहेका छौं । टेक्नोलोजीलाई हामीले भरपुर प्रयोग गर्नुपर्छ । यसले हाम्रो कष्ट ट्रान्जेक्सन कम गर्छ । साना उद्यम व्यवसायी र निक्षेपकर्ताहरुलाई सहज रुपमा प्रणालीमा जोड्नसक्छ । वर्तमान नयाँ प्रविधि र टेक्नोलोजि बढी भन्दा बढी प्रयोग गर्न जरुरी छ । आउने दिनमा निक्षेप तथा कर्जा सुरक्षण कोषले टेक्नोलोजीको प्रयोगमा अग्रहणी भुमिका खेल्न आवश्यक छ । पछिल्लो समय बैंकहरुलाई लगानी नगर भनेर नकारात्मक चेन छ त्यसलाई अन्त्य गर्नुपर्छ । अर्थतन्त्रमा रिसोर्स छ । अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्छ । आर्थिक गतिविधि बढ्दा रोजगारी बढ्छ । अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी छ । निजी क्षेत्रले पनि अर्थतन्त्रको विषयमा सकारात्मक कुराहरु प्रवाह गर्न जरुरी छ । जति नकारात्मक रुपमा गयौं त्यति आफैँलाई समस्या हुन्छ । बैंकहरुले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्छ । बैंकहरुले यस्तो बेलामा पनि अझै ब्याज बढाउनु भयो । ब्याजदर घटाउनु होला भनेर स्थानीय निकायको रकम पनि बैंकमा गणना गर्ने भन्यौं । सरकारी बैंकहरु केहीले घटाउनु भयो । बैंकहरुले ब्याजदर घटाउनेतर्फ ध्यान दिऔं ।’

त्यस्तै बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मुलुक अर्थतन्त्रलाई सपोर्ट गर्ने कर्जालाई प्राथमिता दिनु पर्ने बताउनु भयो । उहाँले बैंकको कर्जा दिगो विकासको लागि ग्यारण्टी गर्नसके मुलुकको अर्थतन्त्रमा सुधार आउने बताउनु भयो । उहाँले त्यसबाट बैकहरुलाई पनि राम्रो हुने अवस्था रहेको बताउनु भयो । 

उहाँले भदौ महिनामा बैंकहरुबाट करिव ४१ अर्ब रुपैयाँ कर्जा बिस्तार भएको बताउनु भयो । उहाँले गत वर्षको भदौ महिनाको भन्दा यो वर्ष राम्रो सुधार भएको बताउनु भयो । उहाँले मुलुकको वित्तीय परिसूचकहरु प्रायः सबै राम्रो रहेको बताउनु भयो । उहाँले बैंकको कर्जाको ब्याजदर पनि १३ प्रतिशतबाट १२ प्रतिशतमा आएको बताउनु भयो । 


काठमाडौं

बुधबार, मंसिर १३, २०८०

२०.१५°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधवार यूएई जाने

ओलीको टिप्पणी, मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छः...

‘गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

प्रकाश दूतराजको गीत ‘रिमै’ करिब चार हप्तामै करोड क्लबमा