‘आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौं’:- सभापति किरणकुमार साह

author

समाचारपाटी

२ महिना अगाडि

महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसदको वेल घेराउ गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । 

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपी संलग्न रहेको देखिएको भन्दै उनीहरुमाथि कारबाही प्रक्रिया अघि नबढाए संसदभित्र छलफलको विषय बनाएर सांसदहरु गृहमन्त्रालय घेराउ गर्ने र संसदको वेल घराउन गर्न बाध्य हुने बताउनुभएको हो । उहाँले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पीडितले आफैँ कानको जाली फुटाउने र आफैँ नै गुप्ताङ्गमा कुनै सामान हालेर त्यस्तो ब्लडिङ गर्ने काम गर्छ त । कदापि गर्न सक्दैन । एउटा महिलाले जो एउटा कन्या कुमारी छ, जसको बिहेको सवाल छ, उसको जिन्दगीको सवाल छ, आरती साह मरिसकेको अवस्था छ, त्यो अवस्थामा त्यसरी हुनु भनेको दुखद् कुरा हो । ज्यादती भएको छ, आरती साहको आमालाई, बुवा, मामा, बहिनीलाई हिरासत भित्र राखेर त्यस्तो यातना दिएको छ, हिरासतमा राखेर । यो त गुण्डाराज जस्तै भइसकेको छ । यस्तो प्रशासन नाङ्गै नाच्छ भने यो त धेरै अकल्पनीय कुरा हो । दोष एसपी र डिएसपी देखिएको छ, यसलाई कडा रुपमा कारबाही अघि बढाउँछौँ । कारबाही अघि बढाएन भने संसदभित्र छलफलको विषय बनाएर भएपनि हामी सांसदहरु गृहमन्त्रालय घेराउ गर्ने भएपनि संसद भित्र वेल घर्ने भएपनि त्यसको लागि हामी तयार छौँ ।’

समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आरती साह मृत्युप्रकरणका दोषी कोहीलाई पनि सरकारले नछोड्ने बताउनु भयो । उहाँले अदालतले दोषी देखाए जो कोही पनि कारबाहीको दायरामा आउने बताउनु भयो । उहाँले सरकारले अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रहरीले ज्यादती गरेको ठहरिए ति प्रहरीहरुको निलम्वन गर्न सरकार पछि नहट्ने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो घटना पछि यो आत्महत्या हो की हत्या हो भन्ने विषयमा प्रहरी कार्यालय र पीडितहरुको बीचमा केही समय छलफल भएको देखिन्छ । छलफल हुनुलाई मात्रै अन्यथा मान्न सकिँदैन । छलफलपछि उहाँको जाहेरी दर्ता भएर अहिले मृतकको श्रीमान र सशुरा पूर्पक्षका लागि थुनामा हुनुहुन्छ । पीडितको माग के पनि छ भने देवर र सासुलाई पनि पक्राउ गर्नुपर्छ, पोस्टमार्टम रिपोर्ट नआउँदासम्म उहाँहरुलाई हिरासतमा राख्नुपर्छ भन्नुभएको थियो, शुरुदेखिको माग छ, तर भोलि अदालतले जसजसलाई दोषी देखाउँछ, दोषीहरु कानूनी कारबाहीमा आउँछन् । मृत्यु वा मारिएको केसमा कोको दोषी हो भन्नेकुरा अदालतले नै बोल्ने कुरा हो । हामीले त्यसमा अपराधको अनुसन्धान गर्ने क्रममा गृह मन्त्रालयले मातहतका निकायहरुलाई स्पष्ट निर्देशन दिइसकेको छ, त्यसमा कुनै कमी कमजोरी हुन दिइने छैन । मृत्युको केसको कारबाही अदालत प्रवेश गरिसकेको छ । न्यायको बाटोमा छ, न्याय पाउनुभएको छ म भन्दिन । सत्यतथ्य निष्पक्ष अनुसन्धान टुंग्याएर त्यसलाई अदालतमा पेस गरेपछि अदालतले जे आदेश गर्छ त्यो अनुसारको सजाय हुन्छ । प्रहरीले ज्यादती गरेको छ भन्नेकुरा पीडितको पक्षबाट आएको छ । हामीले उहाँहरुलाई अनुरोध गरेका थियौँ, तपाईहरुलाई सुरक्षाका लागि के चाहिन्छ, हामी गर्छौं, छुट्टै सुरक्षाकर्मी खटाएर पनि सुरक्षा दिन्छौँ, फिल्डमा गएर सत्य बताइदिनुहोस् भन्नुभयो, यहाँ दुविधा परेको छ, गृहमन्त्रालयलाई । उहाँहरु पुलिसहरु नहटाएसम्म जाँदैनाैँ भन्नुभयो । अनुसन्धानबाट पनि गल्ती देखियो भने गल्ती गर्ने प्रहरीलाई निलम्वन होइन, जागिर नै खान पनि हामी पछि पर्दैनौँ, गल्ती गर्नेलाई संरक्षण गर्दैनौँ । डिएसपीको त सरुवा गरिसकेका छौँ, आवश्यक परे एसपीको पनि सरुवा गर्न सकिन्छ ।’

उहाँले पीडित पक्षहरुलाई घटनास्थलमै गएर अनुसन्धानमा सघाउन अनुरोध गर्दा नमानेकोप्रति दुःख व्यक्त गर्नुभयो । आरती साह जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले उनका श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।  माईती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् । 


काठमाडौं

बुधबार, मंसिर १३, २०८०

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधवार यूएई जाने

ओलीको टिप्पणी, मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छः...

‘गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

प्रकाश दूतराजको गीत ‘रिमै’ करिब चार हप्तामै करोड क्लबमा