‘सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको छ’:- गृहमन्त्री नारायणकाजी श्रेष्ठ

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधिहरु भइरहेको बताउनुभएको हो । उहाँले नेपालको बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान रहेको भन्दै आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनैपनि हालतमा कमजोर हुन दिनु नहुने बताउनु भयो । उहाँले सहिष्णुता कमजोर पार्ने प्रयत्नका बिरुद्धमा सरकारले कानूनी र प्रशासनिक रुपमा हस्तक्षेप गर्ने स्पष्ट पार्नुभयो । यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखापरेका समस्याहरुका कारणपनि समाजमा अस्थिरता र अराजकता उत्पन्न भएको बताउनु भयो । उहाँले समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै यसलाई सरकारले गम्भिरतापूर्वक लिएको बताउनुभयो । सामाजिक सञ्जालमा व्याप्त ‘हेट स्पिच’लाई नियमन गर्न सरकारले सरसल्लाह गरिरहेको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘हाम्रो देशको जो मौलिक विशेषता रह्यो बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकमा विविधताको बिच एकता, सहिष्णुता र सौहार्दता हाम्रो देशको, हाम्रो समाजको मौलिक पहिचान र विशेषता रहिआएको हो । तर त्यसमाथि अहिले केही समय यता त्यसलाई कमजोर पार्ने प्रयत्न वा गतिविधि भइराखेका छन् । कुनैपनि हालतमा हामीले यो विविधताबीच एकता, सहिष्णुता र सौहार्दताको यो पक्षलाई कमजोर हुन दिनुहुँदैन । यो प्रशासनिक तवरबाट मात्रै हल गर्ने विषय होइन भन्नेमा सरकार छ । त्यसको अर्थ कानूनलाई लागु नगर्ने भन्ने कुरा पनि हुन सक्दैन । कानून र प्रशासनले जति समयमै हस्तक्षेप गर्नुपर्छ त्यो गरिनेछ । तर हामी सबैले हाम्रो समाजमा, हाम्रो मुलुकमा देखापरेको यो नकारात्मक पक्ष जो छ, त्यसप्रति सचेत हुँदै आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने आवश्यकता छ । त्यसको निम्ति म विशेष अपील सबैसँग गर्न चाहन्छु । त्यस्तै अर्थतन्त्रमा देखापरेका केही समस्याहरुका कारणले शान्ति सुरक्षा र समाजमा अस्थिरता, अराजकता उत्पन्न गर्ने सन्दर्भमा त्यसले पनि कुनैकुनै भुमिका खेलिराखेको छ । सहकारी, लघुवित्तको समस्या छन् । मान्छेहरुको घरमा जाने कालोमोसो दल्ने घटना छन् । हेट स्पीचको प्रवृत्ति अत्यन्त तिब्र भएर गएको छ । हेट स्पिच अत्यन्तै बढेको छ, त्यसकारण त्यसबारेमा हामीले गम्भिरतापूर्वक सरसल्लाह सरकारमा पनि गर्दैछौँ । हामीले त्यस बारेमा राष्ट्रका प्रमुख राजनीतिक पार्टीहरुसँग पनि छलफल गर्ने योजना बनाएका छौँ । हेट स्पिच सामाजिक सञ्जालमा जो बढ्दै गएको छ, त्यसलाई नियमन कसरी गर्ने हो । र हाम्रो सामाजिक एकता कसरी बनाउने हो, त्यसरी निश्चित भएका अपराधहरुलाई कसरी नियन्त्रण गर्ने हो, समाजलाई स्वस्थ र सभ्य कसरी बनाउने भन्ने गम्भिरतापूर्वक सबैले सोच्नुपर्ने स्थिति आइसकेको पनि हामीले महशुस गरेका छौँ ।’

गृहमन्त्री श्रेष्ठले सरकारले दलित र महिलामाथि हुने उत्पीडन र विभेदलाई प्रभावकारी ढंगले नियन्त्रण गरी अपराधी र दोषिलाई कारबाही गर्ने कुरालाई विशेष अभियानको रुपमा अगाडी बढाएको बताउनु भयो । त्यस्तै जेल सुधार पनि अभियान अगाडी बढाउन खोजिएको उहाँको भनाई छ । उहाँले नागरिकता नियमावली पारित भइसकेको उल्लेख गर्दै केही दिनमै राजपत्रमा प्रकाशित हुने र नागरिकता वितरणलाई सहज बनाइने बताउनु भयो । नागरिकताको दुरुपयोगको सम्बन्धमा पनि गम्भिरतापूर्वक अनुसन्धान भइरहेको र दोषि उपर आवश्यक कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत योग र ध्यानलाई अनिवार्य बनाउन लागिएको जानकारी दिनुभयो । कार्यालय आएपछि १५ मिनेटसम्म ध्यान गर्नैपर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाई छ । उहाँले ध्यान विज्ञानको पहिलो प्रशिक्षणको उद्घाटन असोज ६ गते राष्ट्रपतिले उद्घाटन गर्ने पनि उहाँले जानकारी गराउनु भयो । ध्यानले व्यक्तिका साथै सुशासनको अभियानलाई पनि  फाइदा गर्ने उहाँको भनाई छ ।


काठमाडौं

बुधबार, मंसिर १३, २०८०

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधवार यूएई जाने

ओलीको टिप्पणी, मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छः...

‘गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

प्रकाश दूतराजको गीत ‘रिमै’ करिब चार हप्तामै करोड क्लबमा