विष्णु पौडेलको सम्झनामा सुवास नेम्वाङः ‘उहाँको अभाव पूरा गर्न धेरै मेहनत र धेरै कोर्स तयार गर्नुपर्छ’

author

समाचारपाटी

२ हप्ता अगाडि

संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते बिहान निधन भयो । बालुवाटारस्थित निजी निवासमा ज्वरो आएपछि आराम गरिरहनुभएका उहाँको निधनलाई बिहानसम्म नै कतिपयले विश्वास गरेनन् । तर छर्लङ्ग उज्यालो भएपछि वास्तविकतालाई स्वीकार्नुको विकल्प रहेन । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको हृदयघातका कारण निधन भएको छ । घरमै शौचालयमा बेहोस अवस्थामा परिवारका सदस्यले फेला पारे लगत्तै उहाँलाई अस्पताल पुर्याएपनि त्यो बेलासम्म धेरै ढिला भइसकेको थियो । अस्पतालमा चेकजाँच गर्दा नेम्वाङले मृत्युवरण गरिसक्नुभएको थियो । सामान्य ज्वरो आएर घरमै आरम गरिरहनुभएका उहाँको मृत्युको खबर पत्याउन कठिन नै थियो । यस्तै अविश्वास नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पनि भयो । उहाँले पनि विश्वास गर्नुभएन । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले नेम्वाङको निधनलाई लिएर दुःख व्यक्त गर्नुभयो । सोमवार दिउँसो आफू संसदीय दलको कार्यालयमा जाँदा उपनेता नदेखेपछि फोन सम्पर्क गरेर उपाध्यक्ष पौडेलले बुझ्नुभयो । फोनमा स्वर कमजोर सुनेपछि स्वास्थ्य अवस्थाबारे बुझ्दा आफू अस्वस्थ भएको जवाफ स्व. नेम्वाङले दिनुभएको पौडेल सम्झनुहुन्छ । फोनमा अस्वस्थ भनिसकेपछि आफूले आराम गर्न र औषधि सेवन गर्न आग्रह गर्दै अर्को दिन भेट्ने वाचासहित फोन राखेको उहाँको भनाइ छ । तर अस्वस्थ भनिसकेपछि उहाँलाई घरमै गएर आफूले भेट्नुपर्नेमा भेट गर्न नपाएकोप्रति पश्चताप पौडेललाई छ । 

समाजका सबै राजनीतिक दल र सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो
आजको दिन नेपालको राजनीतिक इतिहासमा अत्यन्त पीडा, दुःखको दिनका रुपमा रहनेछ । संविधान सभाका अध्यक्ष,नेकपा एमालेका उपाध्यक्ष २०४८ सालदेखि अविछिन्न रुपमा सर्वोच्च जनप्रतिनिधि संस्थामा प्रतिनिधित्व गर्दै आउनुभएका सफल र असल जनप्रतिनिधि हुनुहुन्थ्यो । जसले लोकतन्त्र प्राप्तिको आन्दोलनमा राष्ट्रिय स्वाधिनताका निम्तिको आन्दोलनमा जनताका सरोकारका माग र मुद्दाका निम्ति आन्दोलनमा अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । सामाजिक न्याय, समृद्धि र समाजवादतर्फको यात्रालाई गतिका साथ अघि बढाउन योगदान दिनुभयो । सर्वोपरि रुपमा सात दशक लामो संघर्षको जगमा उभिएर हामीले जुन संविधान निर्माण गरेका छौँ, त्यो संविधान लोकतान्त्रिक, जनमुखी र अग्रगामी अन्तरवस्तु सहितको संविधान निर्माण गर्नका निम्ति उहाँले असाध्यै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । नेपाली जनताको प्रिय नेता, नेपाली जनताको प्रिय प्रतिनिधि हुनुहुन्थ्यो । कुनै एमाले मात्रैको होइन । उहाँले समाजका सबै राजनीतिक दल, सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो । त्यस्तो जनताको प्रिय प्रतिनिधिलाई हामीले आज गुमाएका छौँ । यो अत्यन्त पीडा र दुःखको क्षण हो । म आज कम्रेड सुवास नेम्वाङप्रति उहाँले नेपाली जनताको पक्षमा, राष्ट्रको पक्षमा जुन योगदान दिनुभयो, त्यसकाप्रति उच्च आदरकासाथ स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँका असल विचार र असल अभ्यासलाई अनुशरण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । 

सबैको मनमा घर बनाउनसक्ने असाधारण खुबी
यो पीडालाई मैले शब्दमा व्यक्त गर्न सक्दिन । उहाँ सबैको प्रिय हुनुहुन्थ्यो । सायद उहाँका कोही वैरी थिए भन्ने मलाई लाग्दैन । त्यस्तो सबैको प्रिय हुनसक्ने सबैको विश्वास जित्नसक्ने सबैको मनमा घर बनाउनसक्ने त्यो असाधारण खुबी उहाँसँग थियो । व्यक्तिगत रुपमा म उहाँसँग नजिकको सम्बन्धमा रहेँ । उहाँ सँगको सम्बन्ध, उठाबसी, सहकार्य,अनुभव, आदानप्रदानका अनुभुतिहरु मेरो मानसपटलमा तरंगित भइरहेका छन् । उहाँको अनुपस्थिति स्वीकार गर्न हामी बाध्य छाैँ । तर मनले उहाँको अनुपस्थिति स्वीकार गर्न सकिरहेको छैन, यो पीडालाई व्यक्त गर्ने शब्द शब्दकोषमा कतै छैन । 

आगोरुपी मनलाई पगाल्नसक्ने शालिनता 
सुवास नेम्वाङमा शालिनता एउटा ठूलो शक्ति थियो । सामथ्र्य थियो । कुनै आगोले पगाल्न नसक्ने मनलाई उहाँको शालिनताले पगालि दिन्थ्यो । कस्तो अभ्यासले पग्लिन नसक्ने मनहरु उहाँको शालिनतापूर्ण व्यवहार र प्रश्तुतीबाट उहाँका तर्कपूर्ण प्रश्तुतीबाट पग्लिन्थे । त्यो उहाँको विशेषता नै हो । त्यसका साथै उहाँमा जहिले पनि जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोचका साथमा अघि बढ्नुहुन्थ्यो । प्रतिकुलतालाई उहाँले सहज ढंगले लिने र सामना गर्दै अघि बढ्ने, प्रतिकुल भन्दा प्रतिकुल परिस्थितिमा पनि सकारात्मक सम्भावनातर्फ अघि बढ्ने, सकारात्मक सोचका साथ अघि बढ्ने गर्नुहुन्थ्यो । उहाँ जस्तोसुकै विषम परिस्थितिमा पनि जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उहाँ निराश भएको पाएनौँ, निष्क्रिय भएको पाएनौँ । उहाँ परिस्थितिलाई बुझ्ने खुबी उहाँसँग थियो । जहिले पनि अघि बढ्नका लागि कुन स्थितिमा कसरी अघि बढ्न सकिन्छ ? भन्ने विषयमा उहाँ सही र उचित निस्कर्ष निकाल्दै अघि बढ्नुहुन्थ्यो । 

निजी निवासमा गएर स्वास्थ्य लाभको कामना गर्न नसक्दा पश्चताप
मैले हिजो दिउँसो मात्रै उहाँसँग फोनमा संवाद गरेको थिएँ । म सिंहदरबार जाँदै थिएँ । प्रायः उहाँ सिंहदरबारमा दलको कार्यालयमा दलको उपनेताको कार्यकक्षमा प्राय हुनुहुन्थ्यो । मैले उहाँ दलको कार्यालयमा हुनुहुन्छ भने भेट्नपर्ला भनेर फोन गरेँ । मैले दिउँसो सवा २ बजेतिर फोन गरेको थिएँ । फोन गर्दा उहाँको स्वर भारी भएको सुनियो । मैले स्वास्थ्य ठिक छैन की के हो ? भनेर सोधेँ । उहाँले असहज र अस्वस्थ भएको बताउनु भयो । मैले आराम गर्न र औषधि खान आग्रह गरेँ । भोलिपर्सी भेटौँला भने । उहाँले औषधि खाएर आराम गर्नेकुरा बताउनु भयो । उहाँलाई यसरी गुमाउनुपर्छ भन्ने अनुमान गर्न सकिने अवस्था रहेन । मलाई पश्चताप छ की म दलको कार्यालयबाट उहाँको निवासमा गएर उहाँको स्वास्थ्य लाभको कामना गर्नुपर्दथ्यो । डाक्टरसँग भएको कन्सलटेसनबाट जानकारी लिनु पर्दथ्यो । त्यो गर्न सकिनँ चुकेँ भनेर पश्चताप मशसुस भएको छ । 


आफ्ना समस्या आफैँ समाधान गर्ने व्यक्ति
उहाँ खासगरी सुगर प्रेसर लगायतका कतिपय विषयमा औषधि सेवा गर्नुहुन्थ्यो भन्ने जानकारी हामीलाई छ । तर त्यस्तो उहाँले आफ्नो बारेमा, आफ्नो समस्याका बारेमा पार्टीलाई जानकारी दिनुभएन । उहाँ आफ्ना समस्या आफैँ समाधान गर्दै अघि बढ्नुपर्छ, भन्ने सोच राख्नुहुन्थ्यो । त्यस्तो कुनै गम्भीर अस्वस्थताको अवस्था हो भन्ने हामीले अनुमान गर्न सकेनौँ । नियमित औषधि सेवा गर्दै उहाँ अघि बढिरहनुभएको थियो । अस्वस्थताको अवस्था यति गम्भीर हो भनेर हामीले अनुमान गर्न सकेनौँ । 

राष्ट्रिय राजनीति र संसदीय राजनीतिमा लामो समयसम्म अभाव खड्किनेछ
पूर्वसभामुख र संविधान सभा अध्यक्ष, त्यो सभाको नेता, मुख्य नेताको जिम्मेवारी हो । सभामुखको, संविधान सभा अध्यक्षको जिम्मेवारी । त्यो जिम्मेवारी उहाँले अत्यन्त कुशलता, उत्कृष्टताकासाथमा पूरा गर्नुभयो । उहाँ जुन दलबाट प्रतिनिधित्व गरेर संविधान सभामा निर्वाचित हुनुभएको थियो, जुन दलबाट प्रतिनिधित्व गरेर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । त्यो दल पनि उहाँसँग धेरै खुशी भएन । प्रतिपक्ष पनि उहाँसँग कुनै नाखुश भएनन् । त्यो खालको विशिष्ट खुबी उहाँसँग थियो । उहाँले सदन प्रतिपक्षको हो, सदनमा प्रतिपक्षको आवाज मुखरित हुन दिनुपर्छ, भन्नेकुरामा उहाँको विशेष ध्यान जान्थ्यो । सत्तापक्ष र प्रतिपक्षका बीचमा अनावश्यक र अनुचित दुरी नबनोस्, उनीहरुका बीचमा एउटा वर्केवल रिलेशन बनोस्, सदन समस्या सिर्जना गर्ने थलो होइन, राष्ट्रका समस्या समाधान गर्ने निर्णायक थलो हो, त्यसकारण सत्ता र प्रतिपक्षका बीचमा वर्केवल रिलेशन हुनुपर्छ भन्ने मान्यताबाट सभा सञ्चालन गर्नुहुन्थ्यो । उहाँले सिंगो सदनको सदनको नेतृत्व गर्दा सबैको विश्वास जित्नुभयो । कम्रेड सुवास नेम्वाङको अनुपस्थिति लामो समयसम्म नेपालको राजनीतिमा खड्किनेछ । उहाँले जुन प्रकारको राष्ट्रिय राजनीतिमा विशेष गरी संसदीय राजनीतिमा समन्वयकारी जुन प्रकारको भुमिका निभाउँदै आउनुभयो, त्यसमा हेर्दा उहाँको अभाव लामो समयसम्म खड्किनेछ । तर हामीसँग अब अर्को कुनै विकल्प छैन, उहाँको अभाव पूरा गर्नका लागि अब हामीले उहाँका अभ्यास र आचरणबाट उहाँको विचार र विश्लेषणबाट सिक्दै उहाँको अभाव पूरा गर्नेगरी अघि बढ्नुको कुनै विकल्प छैन । उहाँको अभाव पूरा गर्न धेरै मेहनत र धेरै कोर्स तयार गर्नुपर्नेछ । 


उहाँका आदर्शको अनुशरण गर्नुको विकल्प रहेन
यो प्रकृतिको नियति हो की जीवनसँगै मृत्यु पनि लिएर आएका हुन्छौँ । धेरै असल र सुयोग्य सन्तानले पनि मृत्युवरण गर्नुपर्छ । हामीले अनपेक्षित र नचिताएको र नसोचिएको समयमा सुवासचन्द्र नेम्वाङलाई गुमाउन पुग्यौँ । उहाँलै जे भुमिका निभाउनुभएको छ, त्यसलाई निर्वाह गर्ने सन्दर्भमा हामीकहाँ एउटा ग्याप जरुर रहनेछ । उहाँले जुन भुमिका, ग्याप निर्वाह गर्नुभयो, हामी उहाँको अभावलाई, उहाँका आदर्शलाई अनुशरण गरी अघि बढ्नेछौँ । 


नेम्वाङको राजनीतिक यात्रा 
नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो । 

न्युज एजेन्सी

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक