‘निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक हो’:- अर्थमन्त्री डा. प्रकाशशरण महत

author

समाचारपाटी

२ हप्ता अगाडि

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । मंगलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहं भुमिका हुने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले राज्यको निर्णायक भूमिका सरकारसँग भएका साधन स्रोत प्रयोग गरी ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नुभएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको दाबी गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै सुधार हुँदै गएको बताउनु भयो । उहाँले आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेको भन्दै पछिल्लो समय मुलुकको वाह्य मुद्राको सञ्चिति सुधार,पर्यटन वृद्धि भएको धारणा राख्नुभयो । उहाँले घर जग्गा,शेयर बजार र अटो बजारमा केही समस्या रहेको भन्दै अब बिस्तारै समस्या समाधान हुने विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र सहजबाटोमा जाने गरी निजी क्षेत्रले पनि बहस थाल्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले  भन्नुभयो,‘ निजी क्षेत्र नै आर्थिक रुपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा विश्वास राख्छ । हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमसिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ । सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी,प्रतिष्पर्धी बनाउने,कानूनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भुमिकामा सामान्यतया निजी क्षेत्र आउन हिच्किचाउँछ । सडक यातायातका कुरामा र न्युनतम दरमा शिक्षा र स्वास्थ प्रदान गर्ने विषय बाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भुमिका प्रमुख हो । राज्यको निर्णायक भुमिका भनेको राज्यको साधन स्रोत ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नु राज्यको दायित्व हो । सरकारले निजी क्षेत्रको महत्वलाई उच्च महत्व दिएका छौं । मुलुकको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुई मत छैन । अर्थतन्त्रको समस्या धेरै समय रहँदैन । समस्याहरु कम हुँदै गएका छन् । मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै अगाडि बढ्छ । आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेका छन् । मुलुकको वाह्य मुद्राको सञ्चिति सुधारउन्मुख छ । विगतको जस्तो श्रीलंकाको बाटोमा जाने अवस्था छैन । पर्यटन क्षेत्र अगाडि बढ्छ । घर जग्गा,शेयर बजार र अटो बजारमा केही समस्याहरु थिए । जग्गा कित्ताकाटको समस्या समाधान भएको छ । जग्गा कारोबार बिस्तारै बढ्छ । अटोमोवाइलको गतिविधि पनि बढ्छ । अर्थतन्त्र सहजबाटोमा जाने बहस थाल्नुपर्छ । त्यसले आत्माविश्वास पढ्छ । अर्थतन्त्रमा पैसा नभएको होइन । पैसा चल्न सकेको छैन घुम्न जरुरी छ ।’

अर्थमन्त्री महतले पहिले सवारी साधनलाई विलासीताका साधन मान्नेर ट्याक्स लगाउने गरिएको भएपनि  अब त्यस्तो सोच्न राख्न आवश्यक नरहेको बताउनु भयो । उहाँले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अंगिकार गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्या भएको भन्दै  नियमनकारी निकायले शेयर बजार,चालु पुँजीकर्जामा विभिन्न सीमाहरु तोक्न आवश्यक नरहेको बताउनु भयो । उहाँले नियमनकारी निकायहरुले हरेक सानो–सानो विषयमा निर्देशन गर्न आश्यकता नरहेको भन्दै त्यस्ता निकायहरुले गाईड लाइन मात्रै दिएर निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्यामा छौं भन्नुभएको छ । त्यसमा केही जाहेज आधारहरु पनि मैले देखेको छु । शेयर बजार,चालु पुँजीकर्जामा विभिन्न सीमाहरु तोकेको विषय होस् । सरकार र नियमाक निकायहरुले हरेक सानो–सानो इसुमा निर्देशन गर्ने आश्यकता छैन । नियमनकारी निकायले गाईट लाइन दिने हो । निजी क्षेत्रले उठाएका मागहरु सम्बन्धित क्षेत्रले सम्बोधन गर्नुपर्छ । अटोमोवाइलहरुमा कर कम गर्नु पर्ने कुरा आएको छ । यो विद्युतीय सवारी साधनमार्फत हुन्छ । विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि चार्जिङ स्टेशनहरु वृद्धि सरकारले गरिहेको छ । सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजानुपर्छ । अटो मोबाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार लाग्छ । अटोमोवाइल डिलर एशोसिएशनलाई उत्पादन एशोसिएशन बनाउन आवश्यक छ ।’

उहाँले विद्युतीय सवारी साधनमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि सरकारले चार्जिङ स्टेशनहरु वृद्धि गरिहेको बताउनु भयो । उहाँले अब सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजान आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले अटो मोवाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार तयार रहेको बताउनु भयो ।  


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२३.२७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन