पोखरा वडा नं. १५ स्तरीय वक्तृत्वकला प्रतियोगितामा एसओएस स्कूलका सचेत सुवेदीप्रथम हुनुभएकाे छ ।
यस्तै, सेन्ट मेरिजकी छात्रा आयष्मा सुवेदी द्वितीय र गोल्डेन फ्युचरकीरिजा भण्डारी तृतीय हुनुभयाे । रेन्बो एकेडेमीकी स्विकृति भण्डारीर सिद्ध माविकीमनिषा बिकले सान्त्वना स्थान प्राप्त गर्नुभयाे । विजेताहरुले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३÷३ हजार पुरस्कार प्राप्त गर्नुभयाे । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शंकर ज्ञवाली, विष्णु पौडेल, खगिशरा अधिकारी रहनुभएकाे थियाे।


राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनीनाराका साथ पोखरा महानगरपालिका वडा नं. १५ को आयोजनामा बालहितकारीपरियोजना नेपाल, राईट फर चिल्ड्रेन र थ्री एञ्जल्स नेपालको प्रायोजनमा बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीशुशिला सिंखडाले बालबालिकाको अन्तर्निहित क्षमताको विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयाे । ‘नयाँ पुस्ता प्रगतिशील छ । अपडेटेड छन् । चेतनाको विकास पनि पुस्तान्तरसँगै फैलँदो छ ।’ उहाँले भन्नुभयाे – ‘बालबालिका संस्कारयुक्त हुनुपर्छ । आफ्नो देश, समाज बुझ्नुपर्छ । यो पुस्ताले अनेक अवसर पाएको छ । भविष्य उज्ज्वल छ ।’
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा महिला, बालबालिका, युवाका लागि वडा सधैं क्रियाशील रहेको बताउनुभयाे । वडामा विभिन्न तालिम तथा प्रशिक्षण, स्वास्थ्य शिविर, सीप विकासका लागि तालिमहरु वडाले प्रदान गरिरहेको छ ।